सिप्रदी ट्रेडर्सद्वारा मिस्लान टायर सार्वजनिक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ७, मङ्गलबार,०५:५९:PM  
सिप्रदी ट्रेडर्सद्वारा मिस्लान टायर सार्वजनिक

काठमाडौं । सिप्रदी ट्रेडर्सले फ्रान्सेली टायर निर्माणकर्ता कम्पनी मिस्लानका टायर नेपालमा सार्वजनिक गरेको छ । सिप्रदीले तीन वर्षअघि नै उक्त कम्पनीका टायर नेपाली बजारमा ल्याए पनि यसको आधिकारिक घोषणा भने मंगलबार गरेको हो । 

नेपाली भूगोल तथा बजारमा मिस्लान टायरको उपयोगिता र प्रभावकारितालाई परीक्षण गर्न सिप्रदी र मिस्लानले बितेका तीन वर्ष खर्चेको र परिणाम उत्कृष्ट आएका कारण तीन वर्षपछि मात्र आधिकारिकरुपमा टायर सार्वजनिक गरेको कम्पनीले बताएको छ । 

१३० वर्ष पुरानो टायर निर्माणकर्ता कम्पनी मिस्लानका टायर सुरक्षा र खर्चका मामिलामा एकदमै उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । 

मिस्लान टायर नेपालका सबै प्रकारका भूभागअनुकूल रहेको कम्पनीले बताएको छ । प्रिमियम टायर भएका कारण मूल्य पनि प्रिमियम भएको कम्पनीले जानकारी दिएको छ । यसमा २० प्रतिशतसम्म फ्युल सेभिङ इफिसियन्सी रहेको साथै ब्रेकिङ इफिसियन्सी अन्य टायरको भन्दा ४० प्रतिशत मजबुत रहेकाले यी टायर सुरक्षित र ३५ प्रतिशतसम्म कस्ट सेभिङ हुने कम्पनीले बताएको छ । 

टायर सार्वजनिक कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सार्क राष्ट्रका लागि मिस्लान कम्पनीका जनरल म्यानेजरहरु प्रदीप थाम्पी र योगेश जोशी उपस्थित थिए । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');