काठमाडौं। नेपालमा नामी गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी १००० बढी गाडी बिक्रीको माइलस्टोन पार गरेको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ।
कम्पनीले यस अवसरमा उत्सव मनाएको छ। कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, निर्देशक पार्थ सिकरिया र सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदार सहभागी थिए।
नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्त २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो र त्यहीँबाट ग्राहकमाझ निकै लोकप्रिय बन्यो।
गाडीमा वेलकमिङ सिट, अटो पार्किङ, फ्रेमलेस डुअर, फ्लस ह्यान्डलजस्ता सेगमेन्ट–फस्र्ट फिचरका साथै लेभल टु एडास, वायरलेस चार्जिङ र भेन्टिलेटेड सिटलगायत सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधि छन्।
नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकले यसलाई मन पराएका छन् भने यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्प पनि आकर्षक छन्।
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको ईभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको कम्पनीको धारणा छ।