निरन्तर बढ्दै सुनको मूल्य, तोलाको ७० हजार ९ सय कायम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,११:४६:AM  
निरन्तर बढ्दै सुनको मूल्य, तोलाको ७० हजार ९ सय कायम

काठमाडौं । असोज पहिलो सातादेखि निरन्तर घटबढ हुँदै आएको सुनको मूल्य आज बिहीबार बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि भई प्रतितोला ७० हजार ९ रुपैयाँ कायम भएको छ । बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँका दरले वृद्धि भई प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');