‘पार्किङ–वे’को मर्मतले विमानस्थलमा ट्राफिक जाम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०४:०७:PM  
‘पार्किङ–वे’को मर्मतले विमानस्थलमा ट्राफिक जाम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ–वेको मर्मत भइरहेका कारण हवाई ट्राफिक जाम बढिरहेको छ । ट्राफिक जामका कारण दशैंमा घर जाने आन्तरिक यात्रुहरु बढी मारमा परेका छन् ।

दशैंका बेला यात्रुहरुको चाप धेरै हुने भएकाले पनि ट्राफिक जामका कारण ठूलो समस्यामा परिएको एयरलाइन्सहरुको भनाइ छ । यती एयरलाइन्सले सूचना जारी गरेर पछिल्लो समय धेरै ट्राफिक जाम भइरहेकाले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दशैंपछि मात्र ट्राफिक घट्ने जानकारी दिए । अहिले हवाई उडान धेरै भएको र पार्किङ–वेको पनि मर्मत सम्भार भएकै कारण समस्या आएको उनको भनाइ छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');