साउन यता ६ वाणिज्य बैंकको साँढे १३ अर्बको ऋणपत्र, कसको कति (सूचिसहित)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १९, आइतबार ,०४:५३:PM  
साउन यता ६ वाणिज्य बैंकको साँढे १३ अर्बको ऋणपत्र, कसको कति (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्न थालेका छन । ३ ओटा बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाइसकेका छन । ३ ओटाले बोर्डमा आवेदन दिएका छन । लगानीयोग्य पुँजी जुटाउन वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्कासन गरेका हुन । 

बैंकहरुले १० वर्षसम्मका लागि निष्कासन गरेको ऋणपत्रको ब्याजदर वार्षिक १० देखि १०.२५ प्रतिशतसम्म छ ।  ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाउनेमा सिद्धार्थ, लक्ष्मी र प्रभु बैंक  छन । सिद्धार्थ र लक्ष्मीले ऋणपत्र निष्कासन गरिरहेका छन ।

प्रभुले निष्कासन गर्न बाँकी छ । ३ ओटा बैंकको प्रतिकित्ता १ हजार रुपैयाँ दरका ५ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ । सिद्धार्थले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी २ अर्ब २० करोड रुपैयाँको एसबीएल २०८३ निष्कासन गरेको छ । ऋणपत्र २०८३ मा परिपक्व हुने छ ।

लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । लक्ष्मीले ऋणपत्र खरिद गर्दा १० प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको छ । प्रभु बैंकले १ अर्ब रुपैयाँ बरबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रभुले वार्षिक १० प्रतिशत ब्याज दि १० प्रतिशत व्याज दिने प्रस्ताव गरेको छ ।

यस्तै कुमारी, नविल र सनराइज बैंकले गरी ८ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन । बोर्डबाट स्वीकृति पाउन बाँकी छ । 

नेपाल राष्ट्र बैंक वाणिज्य बैंकलाई अनिवार्य गरेपछि ऋणपत्र निष्कासन गर्ने क्रम बढेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीयोग्य पुँजी जुटाउन प्राथमिक पुँजीको न्युनतम २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने प्रावधान ल्याएको छ ।

यो वित्तीय औजारबाट ८० अर्ब रुपैयाँ थप लगानी जुट्ने देखिएको छ । यो वर्ष पनि वाणिज्य बैंकहरुमा क्रेडिट क्रञ्चको संकट पुनः देखिन थालेको छ ।  

सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।

सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');