काठमाडौं। तिहार अघिको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले वृद्धि भएर बन्द भएकाे छ। गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से आइतबार भने सामान्य अंक बढेर बन्द भएको हो।
आइतबार सेयर बजार २५०३ विन्दुमा पुगेको छ। नेप्से बढे पनि कारोबार रकम घटेको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको भएकाे छ। १६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ को घटेकाे छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेकाे छ।
अधिकांश सेक्टरका सूचक बढेका छन्। बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढेकाे छ। विकास बैंक ०.२१ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशत घटेका छन्।
आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत सेयर मूल्य बढेकाे छ। कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घटेकाे छ। त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशत घटेकाे छ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।