चिनियाँ कम्पनी सीएएमसीले गाईपालनमा लगानी गर्ने, शुक्लागण्डकी नगरपालिकामा काउफार्म सञ्चालनको तयारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १७, आइतबार ,०७:३९:AM  
चिनियाँ कम्पनी सीएएमसीले गाईपालनमा लगानी गर्ने, शुक्लागण्डकी नगरपालिकामा  काउफार्म सञ्चालनको तयारी

काठमाडौं । चिनियाँ कम्पनीको सहयोगमा गाईपालन परियोजना सञ्चालन हुन लागेको छ । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गाइपालन परियोजना सञ्चालन हुन लागेको हो । परियोजना सञ्चालनका लागि तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा अध्ययन गरिएको छ ।

गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना सञ्चालनस्थल अवलोकन गरेको छ ।

गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो । 

 शुक्लागण्डकी नगरपालिकाका झग्रेडाँडा, जाउनेपन्ध्रे, झर्लाङी, चुनीडाँडालगायतका स्थानमा गाईपालन गर्न लागिएको गुरुङले जानकारी दिए ।

समुदायलाई गाईपालनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख गराउने परियोजना सञ्चालन हुने तयारीसँगै स्थानीयवासी उत्साहित भएको उनले बताए। परियोजना सञ्चालन गर्न लागिएको यो ठाउँ तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');