काठमाडौं। देशभर दसैंको चहलपहल सुरु भएको छ। दसैं आउन एक साता बाँकी हुँदा चहलपहल बढेपनि ब्यापार भने हुन नसेकेको पाइएको छ। दसैंका लागि बजारमा अन्य वर्षको तुलनामा भिड पनि कमै देखिएको छ।
यसोहुनुमा भदौ २३ र २४ गते जेनजी प्रर्दशन, मनसुनी विपद् रहेको पाइएको हो। दसैंको चहल पहल सुरु भए पनि ब्यापार भने हुन नसकेको व्यापारीको भनाइ छ। असन चोकमा ६ वर्षदेखि जुत्ता चप्पल व्यापार गर्दै आएका अरुस मोक्तानले दसैं नजिकिए पनि अहिले बजार सामान्य रहेको बताएका छन्। उनले यो समय गत वर्षमा दिनको एक हजार जुत्ता चप्पलको व्यापार आफूले गरेको तर यो वर्ष ४ सय वटाको मात्रै व्यापार गर्न सकेको व्यापारी मोक्तानले बताए।
‘अन्य वर्षको तुलनामा यो वर्ष कमै व्यापार हो, गत वर्षमा एक हजार सामान विक्रि हुन्थ्यो भने अहिले चार सय मात्रै बिक्रि हुने गरेको छ,’ उनले भने, ‘आन्दोलन भयो, बाटो बनाउने भत्काइरहने भएकाले पनि व्यापार हुनु नसकेको हो।’
दसैं नजिएपनि बजारमा भने खासै उत्साह देखिएको छैन। एकतिर गोदाममा भएको सामान कटाउन व्यापारीलाई हम्मेहम्मे छ, अर्कोतर्फ ग्राहकले खोजेअनुसार ट्रेन्डी सामान आपूर्ति हुन सकेको अवस्था छैन। ग्राहकले आफूले खोजेअनुसार सामान पाउन नसक्दा किनमेल नगरेको गुनासो गरेका छन्। बजारमा चहलपहल भए पनि आफूले रोजे जस्ता सामान नपाएर किनमेल नगरि ग्रहक रित्तो फर्किने पनि छन्।
दसैं किनमेलका लागि भेटिएकी रिता निरौलाले पनि आफू भने जस्तो कपडा पाउन नसेकको गुनासो गरिन्। ‘बजार चाहरे पनि आफूले भने जस्तो र खोजे जस्तो लुगा पाइनँ,’ उनले भनिन्, ‘तैपनि यासपालीको दसैं पनि खासै रमाइलो लागेको छैन।’

चाडबाडको मुखमा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदाको असर बजारमा देखिएको छ। नेपाल र चीन सीमास्थित ल्हेन्देखोलामा आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका बन्द हुँदा बजारमा नयाँ फेन्सी सामान तथा जुत्ता चप्पलहहरु आपूर्ति हुन सकेको छैन। मोक्तानले गतवर्ष दसैंका लागि मात्रै आफ्नो पसलमा २५ लाख रकमको जुत्ता चप्पल थपेका थिए। तर यो वर्ष चीनबाट सामान ल्याउन नसकेर उनीसँग १२ लाख रकमको मात्रै जुत्ता चप्पल छ।
‘चाइना बोर्डर बन्दा छ, त्यो नहुँदा सामान ल्याउन सकेका छैनौं,’ उनले भने, ‘मूल्य अलि अलि बढेको छ, १ सय पर्ने ३ सय पर्ने त हो। भोलिबाट सामान पाउन सकेन भने त्यो भन्दा बढी हुन सक्छ।’
नेपालका फेन्सी कपडा, जुत्ता चप्पल अधिकांश चीनबाट ल्याइन्छ। तर साडी, कुर्ता जस्ता कपडाहरु भारतबाट ल्याउने गरिन्छ। भारतबाट ल्याइ दसैंमा ब्यापार गर्नेले सामान ल्याएपनि बिक्रि नभएको बताउँछन्। चीनबाट सामान ल्याउन नसकेको र भारतबाट ल्याएका सामान बिक्री हुन नसकेको एक व्यापारी बताउँछन्। ‘हुल मात्र छ, व्यापार छैन, सामान पाइएको छ, तर व्यापार छैन,’ उनले भने।

साडी कपडाका पसलमा ग्रहक कुरी रहेका उज्वल गुप्ताले दसैंको साता अगाडि व्यापार हुन नसकेको गुनासो गरेका छन्। ‘व्यापार हुन नसकेको आन्दोलनले गर्दा पनि भयो, मान्छे गाउँ गइसकेको छ।’ उनले भने, ‘सामान खरिद गर्ने मान्छे कम छ। सामान उही छ।’
जेनीजी आन्दाेलनका कारणले दर्जन बढी निजी क्षेत्रमा आगजानी, तोडफोड तथा लुतपाट भएको छ। यसले सयौँ मानिसले रोजगारी गुमाएका छन्। यसको असर सिधै बजारमा देखिएको छ। यस्तै
त्रिभुवन विश्व विद्यालयले दसैं आउनु अगावै हिउँदे बिदा कटाएर छठसम्मै बिदा दिएको छ। यसले गर्दा पनि काठमाडौंमा बसोबास गरी पढ्ने विद्यार्थी पनि गाउँ फर्कि सकेकाले बजारमा अन्य वर्षमा हुने व्यापारभन्दा कम व्यापार भएको छ।


