सामाजिक सुरक्षा कोषमा दर्ता गर्न कडाई, १० हजार रोजगारदाता र १ लाख १० हजार योगदानकर्ता दर्ता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १८, साेमबार,०३:४८:PM  
सामाजिक सुरक्षा कोषमा दर्ता गर्न कडाई, १० हजार रोजगारदाता र १ लाख १० हजार योगदानकर्ता दर्ता 


काठमाडाैं । सरकारले सामाजिक सुरक्षा कोषमा आउन कडाई गरेपछि नीजि रोजगार दाता तथा कर्मचारीरु कोषमा दर्ता हुने क्रम बढेको छ । कोषको पछिल्लो तथ्यांक अनुसार करिब १० हजार रोजगारदाता र १ लाख १० हजार योगदानकर्ता कोषमा दर्ता भएका छन् । सरकारले कोषमा दर्ता हुन गत असोजसम्मको समय दिएको थियो । 

सो समयसम्म सबै रोजगारदाता तथा योगदानकर्ता दर्ता हुन नआएपछि   कार्तिक १४ गते सार्वजनिक सूचना जारी गर्दै एक महिना समय थप गरेको छ । हालसम्म सिजी, गोल्छा, गोल्यान, नोबल मेडिकल, गरुड, ट्रिनिटी, शंकर ग्रुप, वर्ड लिंक, इसेवा, सूर्य नेपाल, मेडिकेयर, किस्ट मेडिकल, होटल ग्राण्डी, टाइगर , युनिलिभर, होटल अन्नपूर्णलगायतका ठुला रोजगारदाता कोषमा दर्ता भइसकेको प्रवक्ता रमा भट्टराईले बताइन् । 

कोषले योगदानकर्ताको लगानीको उचित प्रतिफल दिने व्यवस्था नगरेको  भन्दै यसतर्फ रोजगारदाता तथा श्रमिकहरु पनि आकर्षित नभएको सरोकारवालहरुले बताउदै आएका छन् । तर, अनिवार्य रुपमा दर्ता हुनुपर्ने कडाई गरेपछि रोजगारदाता तथा योगदानकर्ता कोषमा दर्ता हुन आउने क्रमम बढेको प्रवक्ता भट्टराईको भनाई छ । 

कोषले यस वर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । सो रकम कोषले जलविद्युत यातायातलगायत पूर्वाधार, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ ।

गत साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यहि असोज मसान्तभित्र सम्पूर्ण रोजगारदाता र आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई कोषमा सूचीकृत गराउनुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी रोजगार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');