फोर्डले बनायो ‘मुस्ताङ लिथियम’ विद्युतिय कार, ८ सय भोल्टको ब्याट्री

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार,०१:४५:PM  
फोर्डले बनायो ‘मुस्ताङ लिथियम’ विद्युतिय कार, ८ सय भोल्टको ब्याट्री

एजेन्सी । कार निर्माणकर्ता कम्पनी फोर्डले विद्युतिय मुस्ताङ गाडीको प्रोटोटाइप बनाएको छ । सिक्स स्पिड म्यानुअल ट्रान्समिशन सहित फोर्डले एउटै मात्र प्रोटोटाइप पिस तयार गरेको छ । 
‘मुस्ताङ लिथियम’ नाम दिइएको उक्त कारको ब्याट्री पावर ८ सय भोल्ट रहेको छ जुनथोरै मात्रविद्युतिय भेहिकलहरुमा पाइन्छ । यस्तै यसले ९ सय हर्जको पावरमा १३५५ एनएम टर्क दिन्छ । तर, फोर्ड कम्पनीले यो कारको विषयमा अन्यविवरणबारे जानकारी गराएको छैन । फोर्डले यो प्रोटोटाइपमा पनि आफ्नो २०२० एक्सप्लोरर भेहिकलमा जस्तै १०.४ इन्चको टचस्क्रिन ड्यासबोर्ड राखेको छ । 
एक वेबसाइट अनुसार यसमा वेभाटोसको टर्बोबक्स चार्जिङ सिस्टम प्रयोग भएको छ जुन स्ट्याण्डर्ड लेभल २ को चार्जर हो । वेबसाइटको अनुसार यो ३.३ किलोवाट चार्जिङमामात्रचार्ज हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');