विद्युत प्राधिकरणले रघुपति जुट मिल्सलाई दियो महशुल बुझाउन ४४ किस्ता समय, मासिक २७ लाख भुक्तानी गर्नुपर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०४:०८:PM  
विद्युत प्राधिकरणले रघुपति जुट मिल्सलाई दियो महशुल बुझाउन ४४ किस्ता समय, मासिक २७ लाख भुक्तानी गर्नुपर्ने 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विराटनगरमा रहेको रघुपति जुट मिल्स लिमिटेडलाई ४४ किस्तामा बिजुलीको वक्यौता महशुल बुझाउन पत्राचार गरेको छ । विद्युत प्राधिकरणले रघुपति जुट मिल्सलाई मासिक २७ लाख ५ हजार ८०० रुपैयाँ महशुल बुझाउन पत्राचार गरेको हो । 

विद्युत प्राधिकरणको विराटनगर शाखाले उद्योगलाई बिहीबार पत्राचार गरी बिजुली उपयोग गरेवापत ११ करोड ९० लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी गराएको छ ।

विद्युत प्राधिकरणको गत शनिबार बसेको सञ्चालक समिति बैठकले बिजुलीको महशुल बुझाउन धेरै बाँकी रहेका उद्योगलाई किस्तावन्दीमा भुक्तानीको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको थियो । 

सञ्चालक समितिको निर्णयअनुसार कार्यकारी निर्देशक कुलमान घिसिङले रघुपतिलाई ४४ किस्तामा बाँकी बिजुली महशुल भुक्तान गर्न समय दिएपछि विराटनगर शाखाले पत्राचार गरेर जानकारी दिएको हो ।

यस्तै डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपभोग गरिरहेका उद्योगलाई पनि मागअनुसार किस्ताबन्दीमा भुक्तानीको व्यवस्था गर्न लागेको छ ।किस्तावन्दीमा महशुल भुक्तानी नगरेमा विद्युत वितरण नियमावलीअनुसार थप दस्तुर लिने जानकारी गराएको छ ।

विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली लिइरहेका उद्योगसंग ११ अर्ब रुपैयाँ वक्यौता रहेको जानकारी दिएको छ । यो रकम गत चैतसम्मको हो । यसपछि पनि झण्डै २ अर्ब रुपैयाँ थपिएको प्राधिकरणले जानकारी दिएको छ ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');