जर्जिया पठाउने भन्दै ठगी गर्ने राई पक्राउ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०४:५६:PM  
 जर्जिया पठाउने भन्दै ठगी गर्ने राई पक्राउ

काठमाडौं । आकर्षक तलबमा जर्जिया पठाउने भन्दै ठगी गर्ने मोरङ पथरीका रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको गौरीशंकर गाउँपालिका–६ का कामे शेर्पालाई ठगेको आरोपमा अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । 

शेर्पाबाट राईले ७ लाख ५० हजार रुपैयाँ लिएका थिए । ९० हजार तलवमा सरसफाइको काममा जर्जिया पठाइदिने भन्दै पैसा लिएपछि सम्पर्क विहिन भएपछि उनले प्रहरीमा उजुरी गरेका थिए । पक्राउ परेका राइले शेर्पा सहित राजन राईबाट तीन लाख ५० हजार, ईन्द्र लिम्बुबाट पाँच लाख रकम लिएको खुलेको प्रहरीको भनाइ छ । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');