उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा नहुने, आगामी कार्यकालको अध्यक्षमा शेखर गोल्छा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०८:०१:PM  
उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा नहुने, आगामी कार्यकालको अध्यक्षमा शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी अध्यक्षमा शेखर गोल्छा हुने निश्चित भएको छ । महासंघको विधान संशोधन समितिको शुक्रबारको बैठकले अध्यक्षको निर्वाचनलगायत अन्य बुँदा परिवर्तन गर्नका लागि कार्तिक २९ गते बोलाइएको विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेसँगै गोल्छा आगामी कार्यकालका लागि अध्यक्ष हुने पक्का भएको हो । 
अघिल्लो कार्यकालमा विधान संशोधन भएर बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान भएपनि पछिल्लो पटक विधान संशोधनको बहस महासंघमा उठ्दै आएको थियो । महासंघका एक समुह विधान संशोधनको पक्षमा र अर्काे पक्ष विधान संशोधनको विपक्षमा थियो । यसले महासंघमा ठुलो मतभेद बढाएको थियो ।

शुक्रबारको बैठकले अध्यक्षको निर्वाचनमा अहिलेकै यथास्थिती नै हुने र अरु बुँदाहरुमा राय सुझाव लिएर अगाडी जाने निर्णय गरेको विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालले बताए । आइतवार बस्ने महासंघको स्थायी समितिको बैठकले विशेष साधारणसभा स्थगित गर्ने पनि उनले जानकारी दिए । 

केही आवश्यक संशोधन गर्नुपर्ने बुँदाहरु नियमित साधारण सभामा पनि लैजान सकिने भएकाले अहिले विवाद नगरी अगाडी जाने निर्णय भएको उनले बताए । 

यसअघि ढकाल समुह विधान संशोधनको पक्षमा रहेको थियो । विधान संशोधनको प्रक्रिया नै सुरुदेखि नै कानुन सम्मत नभएको भन्दै महासंघका पूर्वअध्यक्ष पशुपति मुराराकालगायतले आवाज उठाउँदै आएका थिए । मुराराकाले यस विषयमा महासंघको बैठकमा नोट अफ डिसेन्ट समेत लेखेका थिए । 

विधान संशोधनको प्रक्रिया गैरकानुनी भएको विषयमा महासंघभित्र नै बहस हुन थालेपछि विधान संशोधन समितिले त्यसलाई स्विकार गरेको महासंघका एक सदस्यले क्यापिटल नेपाललाई बताए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');