लगनको समयमा पनि बढेन सुनचाँदीको कारोबार

account_box अनिस मिजार ,
प्रकाशित: २०७६ मङ्सिर ९, साेमबार,०३:०९:PM  
लगनको समयमा पनि बढेन सुनचाँदीको कारोबार

काठमाडौं । मंसिर लागेसँगै विवाहको लागी लगन सुरु भएको छ ।   नेपाली हिन्दु समुदायमा विवाहको सिजन सुरु भएसँगै   नेपाली बजारमा सुनचाँदीको माग बढ्ने गर्छ । तर, यो बर्ष सिजन शुरु भएको एक साता बितिसक्दा पनि गहनाको व्यवसायमा खासै बृद्धि नभएको सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनका अनुसार विगतका बर्षहरुमा विवाह बढी हुने मंसिर महिनामा सुनचाँदीको माग बढेर दैनिक ५० देखि ६० किलोसम्म पुग्थ्यो । उनले भने ‘तर, अहिले मंसिर लागेर एकसाता वितिसक्दा पनि अन्य समयको जस्तै दैनिक २० देखि २५ केजीसम्म मात्र कारोबार भइरहेको छ । अहिलेको व्यवसाय करीव ३० प्रतिशत मात्रै हो ।’ उनका अनुसार माग बढेर कुनै पनि स्थानमा सुन अभाव भयो भनेर सुचना समेत आएको छैन ।

सुनको मुल्य दैनिक जसो बढ्दै गरेकाले पनि कारोबार नबढेको व्यवसायीहरुको भनाई छ । नेपालीहरुको आम्दानी अनुसार सुनको मुल्य बढी भएकोले पनि सोचे अनुरुप कारोबार नभएको शाक्यको भनाइ छ । उनले भने ‘सरकारले सुनको भन्सार दर बढाएकाले पनि उपभोक्ता मारमा छन् ।’ तर, नेपालबाट भारतमा सुनको निर्यात बढ्ने देखिएकाले सरकारले भन्सार दर बढाउनु राम्रो काम भएको शाक्यले बताए । 

सुनको मुल्य बढेपछि तीन चार महिनादेखि व्यापार ठप्प रहेको कारण सटर भाडा समेत तिर्न कठिन भएको न्यूरोड बिशाल बजार स्थित श्री पशुपति ज्वेलर्सका सञ्चालक गणेश सङगमीले बताए ।

सुनको मुल्य नेपाली बजारमा पाँच महिना अघि साउन १ गते ६४ हजार ५ सय  थियो । पाँच महिनाको सुनको मूल्य अवधिमा प्रति तोला सात हजार बढेको छ । यो बिचमा भदौ १८ गते नेपालको इतिहासमै सबैभनदा बढी ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । नेपाली बजारमा आइतबार घटेको मुल्य सोमबार भने स्थिर रहेको छ । सोमबार छापावाला सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै,तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

पछिल्लो पाँच महिना देखि  अमेरिका र चिनको व्यापारीक द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढाएको महासंघले जनाएको छ । 
  
 

अनिस मिजार

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');