भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०१:२०:PM  
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी

भक्तपुर क्षेत्र नं. १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्  ।  काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।  

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् भने  भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेको छ । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी ्(राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेको छ । 

२०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमालें) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएका थिए  भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए । 

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१।१७ प्रतिशत मत खसेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप