सीआरबीटी–पीआरबीटी सेवामा ‘अटो रिन्यू’ले हैरान उपभोक्ता, प्राधिकरणको निर्देशन बेवास्ता गर्दै सेवाप्रदायक

account_box युबराज बस्नेत ,
प्रकाशित: २०७६ पुस २७, आइतबार ,०६:१९:PM  
सीआरबीटी–पीआरबीटी सेवामा ‘अटो रिन्यू’ले हैरान उपभोक्ता, प्राधिकरणको निर्देशन बेवास्ता गर्दै सेवाप्रदायक

काठमाडौं । टेलिकम कम्पनीले मोबाइल प्रयोगकर्ताको स्वीकृती विनैसीआरबीटी–पीआरबीटी सेवाको अटो रिन्यू गर्दा ग्राहक बढी पैसा तिर्न बाध्य भएका छन् । 

एक पटक उक्त सेवा लिएका ग्राहकलाई जानकारी नै नदिई सेवा प्रदायकले उक्त सेवा नविकरण गर्ने गरेको छ । यसरी सेवा पुनः सुचारु गर्दा ग्राहकको ब्यालेन्सबाट  थाहै नदिई सेवा प्रदायकले पैसा काट्ने गरेका छन् ।

दूरसञ्चार प्राधिकरणले पटक पटक सीआरबीटी–पीआरबीटी अटो रिन्यू गर्ने प्रक्रियालाई तत्काल बन्द गर्न निर्देशन जारी गरेपनि सेवाप्रदायकले भने बेवास्ता गर्दै आएका छन् । सेवा प्रदायकले अटेर गर्दा पनि प्राधिकरणले कुनै कारबाहि गर्न सकेको छैन । 

 ग्राहकको स्वीकृति विनानै सेवा सुचारु गराउँदा अनुगमन तथा कारवाही प्रक्रिया समेत अगाडी बढाएको छैन् । अटो रिन्यूको बिषयमा उपभोक्ताले ठगीएको भन्दै प्राधिकरणमा आधा दर्जन भन्दा बढी उजुरी समेत गरिसकेका छन् । 

प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले उपभोक्ताको उजुरी आएपछि उक्त सेवाको अटो रिन्यु बन्द गराउन दुइपटक निर्देशन दिएपनि सेवाप्रदायकले लागु गरे÷नगरेको थाहा नभएको बताए । उनका अनुसार यो बिषयमा प्राधिकरणले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

प्राधिकरणले २०७५ भदौ र गत साउनमा अटो रिन्यु सिस्टम तत्काल बन्द गर्न निर्देशन सहितको पत्र पठाएको थियो । सीआरबीटी–पीआरबीटीमात्र नभइ सेवाप्रदायकले दिदैआएको सम्पूर्ण भ्यालु एडेड् सर्भिस (भ्यास) लाग्ने सेवा सुचारु गर्दा तथा प्रचार गर्दा ग्राहकले बुझ्ने भाषामा गनुपर्ने भनि ०६९ मा कार्यविधि तयार पारेर पास गरेको थियो । तर, अहिलेसम्म प्राधिकरणले लागू गरेको नियम सेवाप्रदायकले पालना गरेका छैनन् ।

तर, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले प्राधिकरणले पठाएको पत्रबारे जानकारी नभएको बताइन् । ‘हामीले ग्राहकलाई सेवा बन्द गर्न र सूचारु गर्न म्यासेज मार्फत जानकारी दिएका हुन्छौं तर ग्राहकले कुनै रेस्पोन्स नगरेको अबस्थामा स्वत उक्त सिआरवीटी पीआरवीटि नविकरण हुन्छ’ उनले भनिन् । प्राधिकरणको सो पत्र शाखामा आएको हुनसक्ने उनले बताइन् ।

अटो रिन्यु भन्नाले पुनः नबीकरण भन्ने बुझिन्छ । बिशेषगरी सेवाप्रदायकले कुनैपनि सेवा विक्रि गर्दा ग्राहकले एक पटक सेवा लिइसकेपछि अर्को पटक उक्त सेवा लिने नलिने अधिकार उपभोक्तासँग हुन्छ । तर, टेलिकम सेवाप्रदायकले आफुखुसि पैसा काट्दै सेवा सुचारु गर्ने गरेका छन् । 

अहिले टेलिकम र एनसेलले नेपालमा उक्त सेवा दिदै आएपनि प्राधिकरणको निर्देशन पालना गरेका छैनन् । हाल टेलिकमले सिआरबीटी सेवामा टोनको १० रुपौयाँ र सेवा शुल्कबापत मासिक  २० रुपैयाँ लिदैं आएको छ भने एनसेलले मासिक २५ रुपैयाँ लिर्दै आएको छ । 

 

युबराज बस्नेत

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top