श्री एयरलाइन्सले माघ १ बाट जनकपुर उडान गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०६:०४:PM  
श्री एयरलाइन्सले माघ १ बाट जनकपुर उडान गर्ने

काठमाडौं । श्री एयरलाइन्सले माघ १ देखी जनकपुरमा उडान गर्ने भएको छ । केहि साता अघि परिक्षण उडान गरेको श्रीलाई नियमीत उडानका लागि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो ।

क्यानले अनुमति दिएसँगै श्रीले दैनिक एउटा उडान गर्ने तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले तत्कालका लागि भाडादर ३ हजार ४ सय देखी ४ हजार ३ सयसम्म तोकिएको जानकारी दिए । भाडामा केहि तलमाथि हुन सक्ने उनको भनाइ छ । ८० सिट क्षमता भएको क्यू ४०० जहाजबाट उडान गर्ने श्रीको योजना छ ।

श्रीले लामो समयदेखी जनकपुर उडानको लागि अनुमति मागिरहेको थियो । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा श्रीको उडानले त्यस क्षेत्रका हवाई यात्रुहरुलाई थप सहयोग पुग्ने अपेक्षा राखिएको छ । श्रीको जहाज काठमाडौंबाट दिउँसो १२ बजेर ३० मिनेटमा उड्ने छ भने जनकपुरबाट १ बजेर ३० मिनेटमा काठमाडौं आउने छ ।

श्रीले सिमरामा पनि माघको पहिलो साता भित्रै उडान गर्ने योजना बनाएको छ । यस्तै पर्यटकीय नगरी पोखरामा पनि उडानका लागि तयारी गरिरहेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top