राजस्व लक्ष्य नपुग्दा पनि व्यवसायी नै मर्कामा, ‘एडभान्स कर’ बुझाएका व्यापारीलाई भन्सारका गाडी छुटाउन दबाब

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०७:५६:AM  
राजस्व लक्ष्य नपुग्दा पनि व्यवसायी नै मर्कामा, ‘एडभान्स कर’ बुझाएका व्यापारीलाई भन्सारका गाडी छुटाउन दबाब

काठमाडौं । सरकारी राजस्व लक्ष्य नपुग्ने भएपछि व्यवसायीले भन्सारमा पारी राखेका गाडी छुटाउन दबाब दिएका छन् । केही समय अघिसम्म ठूला व्यवसायीलाई ‘एडभान्स कर’ दिन आग्रह गर्दै तारन्तार फोर गरेको सरकारले अहिले भन्सारमा रहेका गाडी छुटाउन दबाब दिएका छन् ।

‘आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालयले एडभान्स कर दिन व्यवसायीसँगलाई आग्रह गर्दै फोन गर्ने गर्थे’ एक व्यवसायीले भने, ‘अहिले भन्सारबाट फोन आउन थालेको छ । भन्सार पारी रहेका गाडी छुटाउन दबाब नै दिने गरेका छन् । 

नेपालमा गाडीको विक्री ४० प्रतिशतसम्म घटेपछि व्यवसायीले भएभरका गाडी भन्सारमा ल्याएर थुपारेका छन् । भन्सारमा गाडीको चाङ देखेपछि भन्सारका अधिकारीले तारन्तार फोन गरेर गाडी नेपाल ल्याउन दबाब दिएका हुन् । 

केही दिन अघि मात्रै सरकारी अधिकारीले भनेको बचनलाई एडभान्स कर दिएर पूरा गरिदिएका व्यापारीले अब भन्सारबाट गाडी छुटाएर पनि उनीहरुको राजस्व लक्ष्य पूरा गरिदिनुपर्ने भएको एक व्यापारीले बताए । 

‘सरकारी अधिकारीले भोलि हामीसामू पनि केही काम लिएर आउनुपर्ला नी ?’ भन्ने समेत भन्ने गरेको ती व्यापारीको भनाइ छ । पछिल्ला दिनका सरकारी अधिकारीलाई काम अराउने बाटो राख्नका लागि पनि व्यापारीले आज केही मात्रामा गाडी छुटाउँदै छन् । 

पुस १५ देखि २० गतेसम्म ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागलका उच्च अधिकारीले एडभान्स कर दिन आग्रह गरेर फोन गरे । २५ गतेदेखि भन्सारबाट फोन आउन थाल्यो । जताबाट पनि व्यवसायीलाई नै दबाब आउने गरेको ती व्यापारीले बताए । ‘धेरथोर एडभान्स कर बुझायौ,’ ती व्यापारीले भने, ‘अब भन्सारबाट गाडी छुटाउनुपर्ने भएको छ ।’ 

एकातिर भन्सार पारीका गाडी छुटाउनुपर्ने दबाब छ भने अर्कोतिर भन्सार पारी रहेका गाडीका सिसा आफै फुट्ने गरेको छ । ‘राखेका गाडीको सिसा फुटेका छन् । कसरी फुटे केही थाहा छैन्, ?’ अर्का एक व्यापारीले भने । 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top