बिजनेश ग्ल्याममा श्वेता

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ माघ ५, आइतबार ,०८:००:AM  
बिजनेश ग्ल्याममा श्वेता

श्वेता खड्का, नाम सुन्ने बित्तिकै धेरैको मानसपटलमा आउँछ– चर्चित नेपाली नायिका । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठसँग दोलखाको खरिढुंगा क्षेत्रको पृष्ठभूमिमा गौरीशंकर हिमाल राखेर ‘के म तिम्रो हैन र कोहिनुर’ बोलका गीतमा गरेको कोहिनुर चलचित्रको अभिनय । तर, धेरै कमलाई मात्र ज्ञात हुन सक्छ, उनी नेपालकी एक सफल बिजनेस आइकन पनि हुन् ।

चलचित्रमा झै पछिल्लो समय उनी बिजनेस ग्ल्याम (ग्ल्यामर्स) को बुलिस ट्रेन्डमा छिन् । त्यसो त, चलचित्रको ग्ल्यामरमा प्रवेश गर्नुअघि नै खड्काले बिजनेसको गुलियो स्वाद चाखिसकेकी थिइन् । कलेज लाइफको रमाइलोमा भुल्ने १७ वर्षे उमेरमै उनले ऐश्वर्या इन्टेरियर इन्जिनियरिङमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी सम्हाल्न सुरु गरिन् । त्यही जागिरे अनुभवले खड्कालाई आफ्नै व्यवसाय गर्ने भोक जगायो ।

आकर्षक तलब हुँदाहु“दै पनि आफ्नो मनमा लागेको भोक मेटाउन ०६८ सालमा आफ्नै कम्पनी एमआरएस एन्ड इन्जिनियरिङ दर्ता गरेर बिजनेस ग्ल्यामरमा प्रवेश गर्ने आँट गरिन् । कम्पनी स्थापना भएदेखिकै कर्मचारीको सहकार्यमा उनको बिजनेसको दायरा र भोलुम बढिरहेको छ । उनी भन्छिन्, ‘काठमाडौँमा महिनैपिच्छे खुलेका कम्पनीहरुमा कर्मचारी तानातान भइरहेका बेला मेरोमा स्थापनाकालदेखिकै   कर्मचारी टिक्नु भनेकै सफलताको पहिलो सूत्र हो ।’ 

बुबा भन्नुहुन्छ : जर्नेलभन्दा माथि 

खड्काले कम्पनी खोल्दै गर्दा सहपाठीहरु भने आइएलटीएस, टोफेललगायत कोर्षका लागि इन्स्टिच्युट धाइरहेका हुन्थे । त्यस्ता साथीहरुले खड्कालाई कन्फ्युज नबनाएका पनि होइनन् । तर, उनी दृढ थिइन् । त्यही दृढताले उनलाई सफल बनाएको मात्र छैन, डेढ सयभन्दा बढीलाई रोजगारीसमेत दिन सक्षम भएकी छिन् ।

श्वेताले कम्पनी खोल्दै गर्दा सहपाठीहरु भने आइएलटीएस, टोफेललगायतका कोर्षका लागि इन्स्टिच्युट धाइरहेका हुन्थे । त्यस्ता साथीहरुले खड्कालाई कन्फ्युज नबनाएका पनि होइनन् । तर, उनी दृढ थिइन् । त्यही दृढताले उनलाई सफल मात्रै बनाएन, डेढ सयभन्दा बढीलाई रोजगारी दिनसमेत सक्षम बनायो ।

‘केही समय म कन्फ्युजमा थिएँ तर अहिले ठीक गरे भन्नेमा ढुक्क छु,’ उनी भन्छिन्, ‘साथीहरु अमेरिका, अस्ट्रेलियालगायत देशमा अहिले प्रमोसन भएर राम्रो आम्दानी गरिरहेका छन् । मैले चाहेका बेला ती देश घुम्न जान सक्ने हैसियत बनाएकी छु ।’  

त्यसो त, खड्काको पारिवारिक पृष्ठभूमि व्यावसायिक होइन । बुबा र मामा सेनामै भएकाले १८ वर्ष पुग्नासाथ उनलाई पनि सेनाको परीक्षामा सामेल हुन दबाब आएको थियो । तर, उनको मनमा त सफल व्यवसायी बन्ने इच्छा पलाएको थियो । अहिले व्यवसायमा सफल भएको देखेर बुबाले गर्व गरिरहेको बताउ“दै उनी भन्छिन्, ‘अहिले बुबा भन्नुहुन्छ, तिमी जर्नेलभन्दा माथि पुगिसक्यौ ।’

जाभाको मालिकले नपत्याउँदा 

इन्टेरियर बिजनेसमा सफल भइरहेकै बेला खड्कालाई अझै नयाँ केही गर्ने इच्छा जाग्यो । उनको रोजाइमा प¥यो– काठमाडौँमा फस्टाइरहेको नयाँ बिजनेस, कफी सप । त्यसपछि कफी सपका लागि उपयुक्त हुने स्थानको खोजीमा जुटिन् । यसैक्रममा दैनिक साथीहरुको जमघट स्थल दरबारमार्गको म्याजिक मञ्च नै किन्ने सोच आयो ।

बेञ्चका सञ्चालक थिए, हिमालयन जाभाका मालिक गगन प्रधान । खड्काको प्रस्तावलाई प्रधानले पत्याएनन् । सायद चलचित्रको नायिकाको रुपमा चिनिएकी खड्कामा लुकेर रहेको व्यावसायिक गुणका विषयमा प्रधानलाई जानकारी थिएन । उनी भन्छिन्, ‘सायद दाइलाई मैले अर्को बिजनेस गरिरहेकी छु भन्ने थाहा थिएन ।

त्यसैले मलाई बेच्न नचाहनु भएको होला । तर, मसँग त्यो किन्न सक्ने पैसा त्यतिबेलै थियो ।’ त्यसपछि खड्काको मनमा दरबारमार्गमै क्याफे खोल्ने चाहना झनै बलियो भएर आयो । 

तँ आँट म पुर्याउँछु भनेझैँ खड्काको कम्पनीले दरबारमार्गकै राइजिङ मलको इन्टेरियर र फिनिसिङ गर्ने जिम्मा पायो ।  त्यही बेला मलको दोस्रो तला आफूले खोजेजस्तै क्याफेका लागि उपयुक्त लागेर बुकिङ गरिहालिन् । पछि त्यही स्थानमा जाभाको फ्रेञ्चाइजी खोल्न उनै प्रधान बुकिङ गर्न आए ।

तर, पहिला नै खड्काले बुकिङ गरिसकेको थाहा पाएर प्रधानले उनैलाई जाभाको फ्रेञ्चाइजी खोल्न स्वीकृति दिए । त्यो समय सम्झेर मुस्कुराउँदै खड्का भन्छिन्, ‘अहिले प्रधान दाइले हरेक प्रोजेक्टमा मलाई पार्टनरको रुपमा सम्झनुहुन्छ ।’ खड्काले अहिले दरबारमार्ग र बालुवाटारमा जाभाको आउटलेट सञ्चालन गर्दै आएकी छिन् । चा“डै उपत्यकाका केही स्थान र राजमार्गमा समेत आउटलेट सञ्चालन गर्ने योजनामा छिन्, उनी ।  

मल्टिपल बिजनेस 

सामान्य इन्टेरियर कम्पनीका रुपमा स्थापना भएको खड्काको कम्पनीले अहिले ठूला कर्पोरेट हाउसहरुको इन्टेरियरमा सफलता पाइसकेको छ ।  तीन वर्षअघि बनेका भाटभटेनीका भवन, प्रभु बैंकको केन्द्रीय कार्यालय, हामा स्टिलको बिल्डिङ, राइजिङ मललगायतका केही तीन तारे होटलको काम उनको कम्पनीले गरिसकेको छ ।

सामान्य इन्टेरियर कम्पनीका रुपमा स्थापना भएको खड्काको कम्पनीले अहिले ठूला कर्पोरेट हाउसहरुको इन्टेरियरमा सफलता पाइसकेको छ ।  तीन वर्षअघि बनेका भाटभटेनीका भवन, प्रभु बैंकको केन्द्रीय कार्यालय, हामा स्टिलको बिल्डिङ, राइजिङ मललगायतका केही तीन तारे होटलको काम उनको कम्पनीले गरिसकेको छ ।

आफूलाई मालिकको रुपमा कहिल्यै प्रस्तुत नगर्ने खड्का कर्मचारीसँग साथी र सहयोगीको व्यवहार गर्छिन् । उनी भन्छिन्, ‘सबैले राम्रो काम गरे भने पो मैले नाफा कमाउने हो । त्यसैले कहिल्यै कर्मचारीलाई कन्ट्रोलमा राखिनँ, उनीहरुले नयाँ–नयाँ कामको प्रपोजल बनाएर ल्याउँछन् ।’ 

इन्द्रेणी ग्रुपसँग मिलेर तीन तारे होटलमा पनि उनले लगानी गरेकी थिइन् ।   त्यहाँ उनको बिजनेस पार्टर भने सबै बुबाको उमेर समूहका थिए । सबैभन्दा सानो उमेरकी उनी थिइन् । तर, सो व्यवसाय सोचेअनुरुप अगाडि बढ्न सकेन । खड्का भन्छिन्, ‘मलाई एउटै काममा अल्झेर बस्न मन लाग्दैन । कुनै पनि बिजनेस पर्सनले एउटै फिल्डमा मात्र काम गरेर प्रगति गरेको पाइँदैन ।

उनीहरु एउटा काम गरेपछि अर्को पनि सुरु गर्छन् । म पनि मल्टिपल बिजनेसमा लागेकी छु ।’ धेरै क्षेत्रमा हात हालेका कारण समय व्यवस्थापनलाई उनले विशेष महङ्खव दिएकी छिन् । सीसीक्यामेरामार्फत सबै बिजनेसलाई मोबाइल र ल्यापटपबाट   अनुगमन गरिरहन्छिन् । 

बैंकको पोलिसीले हैरान

नेपालमा काम गर्ने वातावरण छैन भन्नेलाई उदाहरण बन्न चाहन्छिन्, खड्का । दसजना कर्मचारीबाट सुरु गरेको उनको कम्पनीमा अहिले डेढ सयभन्दा बढीले रोजगारी पाएका छन् । सफलता एकैपटक प्राप्त गर्न सकिँदैन भन्ने थाहा छ, उनलाई । सोहीअनुसार आफू पनि विस्तारै–विस्तारै सिँढी चढ्दै गएको बताउ“दै उनी भन्छिन्, ‘सुरुमा जागिर खाँदा परिवारले मलाई स्कुटर दिएको थियो । अफिसबाट पनि त्यही पाएकी थिएँ । प्रमोसन भएपछि अफिसले गाडी दियो । अहिले आफैँ गाडी चेन्ज गर्दै हिँड्न सक्ने सामथ्र्य बनाएकी छु ।’ 

लगानीकर्तालाई नेपालमा व्यावसायिक वातावरण नभएको उनको अनुभव छ । अन्य देशमा २–३ प्रतिशतमा बिजनेस लोन र रियल स्टेट लोन पाइन्छ । तर नेपालमा एकदमै महँगो रहेको उनी बताउँछिन् । सोही कारण पनि व्यवसायी बढी समस्यामा छन् । उनी भन्छिन्, ‘प्रपोजलमा ७ प्रतिशत ब्याजदर भए पनि बैंकको पोलिसी चेन्ज भएर कति बेला १३–१४ प्रतिशत पुगिसकेको हुन्छ, थाहै हु“दैन ।

लगानीको ब्याकअप नहुनेलाई धेरै समस्या हुन्छ ।’ तर, व्यवस्थित रुपमा सरकार चलाउन ट्याक्स, भ्याटलगायतमा कडाइ गर्नुपर्नेमा उनी पूरै सहमत छिन् । व्यवस्थित र पारदर्शी तरिकाले बिजनेस गरेकै कारण आफ्नो कम्पनीले विज्ञापनसमेत गर्नु नपरेको उनी बताउँछिन् । उनको कम्पनीले दिल्ली एयरपोर्टमा प्रयोग गरिएको ग्लास नै प्रयोग गरेर हामा स्टिलको बिल्डिङ बनाएको छ, जुन नेपालको दोस्रो ग्रिन बिल्डिङ हो ।

अबको योजना 

सिन्धुपाल्चोकको माझीगाउँमा ५३ घरसहितको बस्ती निर्माणको काम ८० प्रतिशत सकिएको छ । माझी समुदायका लागि एउटा व्यवस्थित बस्ती निर्माणमा उनी जुटेकी छिन् । उनी भन्छिन्, ‘मैले धेरैका निजी घर बनाएँ, अब समुदायलाई पनि केही गर्नुपर्छ भन्ने सोच राखेर यो काम सुरु गरेकी हुँ ।’

१२ करोड लगानी हुने बस्ती निर्माण पूरा हुन अझै ५–६ महिना लाग्ने उनको भनाइ छ । माझी बस्तीलाई होम स्टेका रुपमा विस्तार गर्ने र उनीहरुको नियमित आम्दानीका लागि माछापालनलगायतमा लगानी गरिदिने उनको सोच छ ।  

व्यापार घाटा घटाउन कृषिमा लगानी 

व्यवसायको विविधीकरणमा पनि उनी त्यत्तिकै लागिपरेकी छिन् । केही समयमै बालुवाटारमा नयाँ रेस्टुराँ सञ्चालन गर्दै छिन् भने हाइवेमा हिमालय जाभाको आउटलेट खोल्ने तयारी अन्तिम चरणमा छ । 

त्यस्तै, व्यावसायिक कृषिमा पनि लगानी गर्दै छिन् । त्यसका लागि काभ्रे, सिन्धुपाल्चोक, चितवन, नवलपरासीका स्थान हेरिरहेकी छिन् । यो नयाँ प्रोजेक्ट आगामी वैशाखदेखि सुरु गर्ने लक्ष्य छ । सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको र आफ्नो पनि रुचि भएको कारण यो क्षेत्रमा लगानी गर्न चाहेको उनको भनाइ छ ।

नेपालमा उत्पादन नै नभएकै कारण कृषि उपज खरिद गर्न मात्रै अर्बौं रुपैयाँ बाहिर गइरहेको छ । त्यो पैसा आफ्नै देशमा राख्नुपर्छ भन्ने सोचले कृषि क्षेत्रमा लगानी गर्न उत्प्रेरित भएको उनी बताउँछिन् । त्यही प्रोजेक्टका लागि उनले केहीलाई तालिम गर्न विदेश पठाइसकेकी छिन् भने केही नेपालमै तालिम लिइरहेका छन् । 

नयाँ चलचित्रको तयारी 

बिजनेसमा रहँदा–रहँदै पनि फिल्म क्षेत्रलाई भुल्न सक्दिनन्, खड्का । सोही कारण आफ्नो प्यासन मेटाउन अर्को वर्ष नयाँ फिल्म ल्याउने तयारीमा छिन् । कोहिनुर, कहाँ भेटिएला, कान्छीलगायतका फिल्म निर्माण गरिसकेकी खड्काले नयाँ फिल्मबारे खुलाउन भने चाहिनन् । घरपरिवारले साथ नदिँदा पनि स्व. नायक श्रीकृष्ण श्रेष्ठले उनलाई फिल्म उद्योगमा प्रवेश गराएका थिए ।

उनी भन्छिन्, ‘फिल्म लाइनलाई पनि माया मार्न सकेकी छैन । म फिल्ममा त नखेलौँला तर लगानी भने गर्छु ।’ 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी स्टार्टअप बाट थप

Top