हिमालयन बैंकको अध्यक्षमा सञ्चय कोषका प्रशासक तुलसी गौतम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २९, बुधबार,०७:३०:PM  
हिमालयन बैंकको अध्यक्षमा सञ्चय कोषका प्रशासक तुलसी गौतम

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसी गौतम चुनिएका छन । कर्मचारी सञ्चय कोषका प्रशासक समेत रहेका गौतमलाई बुधबार सम्पन्न साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले अध्यक्ष बनाएको हो ।

हिमाालयनमा सञ्चय कोषको १५ प्रतिशत स्वामित्व छ । सभाले लाभांश तथा बोनस सेयर दिने प्रस्ताव पारित गरको छ । यसअघि मनोजबहादुर श्रेष्ठ अध्यक्ष थिए ।

साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि हिमालयनको चुक्तापुँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

 संस्थापक सेयरधनीबाट ५ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनिलबहादुर थापा र आशिष शर्मा चयन भएका छन ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top