नेपाल टेलिकमसंग ९२ अर्ब पुँजी, जलविद्युत र सेयर बजारमा लगानी गर्ने तयारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०९:०९:AM  
नेपाल टेलिकमसंग ९२ अर्ब पुँजी, जलविद्युत र सेयर बजारमा लगानी गर्ने तयारी

काठमाडौं । नेपाल टेलिकमले आफुसंग भएको पुँजी जलविद्युत र सेयर बजारमा लगानी गर्ने भएको छ ।

टेलिकमको हालै सम्पन्न वार्षिक साधारणसभाले मौज्दात रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजी, विद्युत, ऊर्जा तथा प्रसारणलाइन निर्माण र पुर्वाधार साझेदारीका लागि सेवामुलक कम्पनीमा लगानी गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ ।

सभाले प्रस्ताव पारित गरेपछि टेलिकमले नागरिक स्टक डिलर कम्पनी लिमिटेडमा ४५ करोड रुपैयाँ लगानीको निर्णय समेत गरेको छ ।

नेपाल टेलिकमसंग चुक्तापुँजी र सञ्चित कोषमा गरी ९१ अर्ब ९१ करोड रुपैयाँ लगानीयोग्य पुँजी छ । चुक्तापुँजी १५ अर्ब र सञ्चित कोषमा ७६ अर्ब ९१ करोड रुपैयाँ छ ।

टेलिकमले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गरेको छ । तामाकोसीमा टेलिकमले ६ प्रतिशत सेयर लगानी गरेको छ ।

लगानीको दायरा बढाउन कम्पनीको प्रवन्धपत्रको दफा ४ को बुँदा नम्बर ५ को २१ लाई परिवर्तन गरेको टेलिकमले जनाएको छ र लागि विशेष प्रस्ताव लैजान लागेको हो ।

टेलिकमले विटिएस टावरलगायत अन्य टेलिकम पूर्वाधार साझेदारी गर्नका लागि स्थापना हुने कम्पनीमा सेयर लगानी गर्ने छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top