महासंघका अध्यक्ष राणाद्वारा वाणिज्य संघ कर्णालीको भवन उद्धघाटन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०३:५४:PM  
महासंघका अध्यक्ष राणाद्वारा वाणिज्य संघ कर्णालीको भवन उद्धघाटन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कर्णाली प्रदेशमा पर्यटन, जलस्रोत र जटीबुटीको अपार सम्भावना रहेको बताउदै त्यसको प्रवद्र्धन गर्न तयार रहेको बताइन । कर्णाली प्रदेशको सुर्खेतमा रहेको उद्योग वाणिज्य सघंको भवन उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रदेश ,स्थानीय तह संग सहकार्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । 

कर्णाली प्रदेशको विकासमा आवश्यक सहयोग गर्न वाणिज्य सघं सदैव तयार रहेको बताउदै प्रदेश सरकारसँग सहकार्यको लागि तयार रहेको उनले बताइन ।
महासंघले सुर्खेतमा कृषि उद्यम केन्द्रको शाखा स्थापना गरेको छ। केन्द्रमार्फत सार्वजनिक निजी अवधारणामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने योजना रहेको राणाले जानकारी दिइन ।

कार्यक्रममा उद्योग वाणिज्य महासघंका कोषाध्यक्ष निरक केसी, कर्णाली प्रदेश उद्योग वाणिज्य महासघंका अध्यक्ष पदम शाही, उद्योग वाणिज्य महासंघका कार्यकारिणी प्रवलजंग पाण्डे र भरत आचार्य ,कर्णाली प्रदेशका सम्पुर्ण उद्योग वाणिज्य संघका अध्यक्षहरु को उपस्थिति थियो।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top