३० नेपाली दुबईबाट फिर्ता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १९, साेमबार,०५:१९:PM  
३० नेपाली दुबईबाट फिर्ता 

काठमाडौं । कोरोनाको उच्च जोखिम बढेको भन्दै दुबईबाट ३० जना नेपालीहरुलाई फिर्ता पठाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रोजगारीका लागि बहराइन जान लागेका ती नेपालीहरुलाई दुबई सरकारले फिर्ता पठाएको जानकारी दिए ।

उनिहरु सम्भवत नेपाल आइसकेको हुनु पर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।  बहराइनसँग सिधा उडान नहुँदा दुबईलाई ट्रान्जिट बनाएर जान लागेका थिए । उनिहरुलाई विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भनेकै आधारमा फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए । 

उनले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक अवस्थामा बाहेक नेपालीहरुलाई विदेश नजान र  वैदेशिक रोजगारमा पनि अहिले नजान आग्रह गरेका छन ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top