पोखरा । पोखरामा दशौँ अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरिएको छ ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतिको आधार’ भन्ने मुल नाराका साथ आज पोखराको लेकसाइडमा दशौँ अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरिएको हो । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अग्रसरतामा पोखराका पर्यटन व्यवसायीहरुको सहभागितामा सन् २००१ देखि प्रत्येक दूई वर्षमा यो मेला हुदै आएको छ ।
उक्त अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा बङ्गलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, इजिप्ट, भारत, नेपाल, मलेसिया, मेक्सिको, श्रीलंका लगायत दश देशका कलाकारहरुले आफ्नो देशको साँस्कृतिक पोशाकमा कला प्रस्तुत गरेको भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सहसंयोेजक एवं यस कार्यक्रममा संयोजक अग्नि कँडेलले जानकारी दिए।
उनले सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । अहिले नेपाल भ्रमण बर्ष मनाइ रहेको समयमा विश्वभरी फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) ले विभिन्न समस्याले भोग्नुपरेको बताए । उनले सबैभन्दा पहिले स्वस्थ शरीर र स्वस्थ मानसिकता प्रति विशेष ख्याल गर्नुपर्ने धारणा राखे।
एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले मेला विशेषगरी विभिन्न देशको कला संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए । उनले भनेे । “यो मेला विभिन्न देश बिचको कला संस्कृतिको सम्मान र प्रवद्र्धनमा भूमिका खेल्दछ र सांस्कृतिक पर्यटनमा टेवा पु¥याउनेछ । ” कोइरालाले विभिन्न मौलिक लोक तथा साँस्कृतिक झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गरी पर्यटकीय क्षेत्रमा टेवा पु¥याउन स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हरेक देशको पहिचान त्यसको देशको कला संस्कृतिमा झल्कने भएकाले यस्ता कार्यक्रमले एक अर्काको बीचको सम्बन्धलाई मजबूत बनाउने धारणा राखे । उनले मेलाले राष्ट्रिय तथा अन्तराष्ट्रिय देशहरुमा भएका विभिन्न साँस्कृतिक कलालाई एक आपसमा आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराई, परिषद्का पूर्व अध्यक्ष सूर्य भूजेल लगायतले बोलेेेेका थिए । कार्यक्रममा पोखरा पर्यटन क्षेत्रमा आवद्ध संघ संस्था, महिला समुह लगायतको उपस्थिती रहेको थियो ।