कृषि मन्त्रालय मातहतका पाँच निकायमा नयाँ पदाधिकारी नियुक्ति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २८, बुधबार,०६:०८:PM  
कृषि मन्त्रालय मातहतका पाँच निकायमा नयाँ  पदाधिकारी नियुक्ति

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषाालले मन्त्रालय मातहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका छन् ।

दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा बुधबार अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी नियुक्त भएका हुन् । ती निकाय यसअघि पदाधिकारी विहीन थिए ।

यसैबीच, दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर नियुक्त भएका छन् भने कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई तथा उपाध्यक्षमा गोपालप्रसाद पोखरेल नियुक्त भएका छन् ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top