यसरी राखियाे रेष्टुरेन्टमा स्थानीय नाम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत २, आइतबार ,०८:००:AM  
यसरी राखियाे रेष्टुरेन्टमा स्थानीय नाम

कटिया हाउस एन्ड रेस्टुरेन्ट 



काठमाडौँको कालिकास्थान स्थित पीपलबोट चोक नजिक कटिया हाउस एन्ड रेस्टुरेन्ट सञ्चालनमा छ, जुन पुतलीसडक न्यूप्लाजाबाट करिब एक किलोमिटर टाढा रहेको छ । 

बर्दियाका नवीन धामीलगायत चार जना मिलेर नेपालमै होटल व्यवसाय गर्ने सोच बनाए । उनीहरु होटल म्यानेजमेन्टका विद्यार्थी भएकाले पनि होटल व्यवसाय गर्ने सोचअनुसार कुनै एउटा नेपाली मौलिक नाम तथा मौलिक परिकारसहितको रेस्टुरेन्ट खोल्ने सोचमा जुटे । तीनैजना मिलेर रौतहट तथा तराईका जिल्ला घुम्न गए । उनीहरुले रौतहटमा देखेको कटियाबारे जानकारी लिए । कटिया भनेको माटाको भाँडा हो र यसमा खसीको मासु बनाइने गरेको जानकारी पाए ।  

त्यसपछि उनीहरु कटियालाई नै परिकारको रुपमा होटल सञ्चालन गर्ने सोचसहित घर फर्के । राजधानीमै कटिया हाउस सञ्चालन गर्ने सोच बनाएर ०७५ सालमा काठमाडौँ आए । अर्थात्, एक वर्ष अगाडिदेखि नेपाली मौलिक नाममा कटिया अर्थात् निश्चित आकार भएको माटोको भा“डामा बनाएको मासुको परिकार ‘कटिया’ ग्राहकलाई चखाउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक नवीन धामीले बताए । 

उनका अनुसार कटियामा खसीको मासु पाउने गरेको देखेर उनीहरुले सोचे, कुकरमा, कराईमा पकाउ“दा त यस्तो हुन्छ । कटियामा पकाउ“दा एकदमै स्वादिलो हुने रहेछ । त्यसपछि सबैले कटिया नै बनाउने भनेर अगाडि बढे । नेपाली मौलिक नाम कटिया र कटियामा पकाएको मासु ग्राहकलाई खुवाउने किसिमले कटिया हाउस एन्ड रेस्टुरेन्ट नाम राखेको सञ्चालक धामीले बताए । 

नेपाली मौलिक माटोको भाँडा कटिया सबै नेपालीमाझ पु¥याउन र नेपाली संस्कृतिमा लोप हुँदै गएकाले यस्तो नाम राखिएको हो । धामीले भने,‘ सुरुमा चार जना मिलेर ४० लाख रुपैयाँ लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेका हौ“ । अहिले एउटा मात्र कटिया हाउस सञ्चालनमा  छ । राम्रो हुँदै गए थप्दै जानेछौ“ ।’ कटिया हाउसमा १० जनाले रोजगारी पाएका छन् । रेस्टुरेन्टमा मटन कटिया, चिकेन कटिया, मसरुम कटिया, कटिया बिरयानीलगायत परिकार पाइन्छन् ।   

रौतहटको कटहरीमा धेरै वर्ष पहिला अन्य भाँडाकुँडा नपाउने बेला निम्न वर्गका परिवारले आधुनिक भा“डाको सट्टा माटोको भा“डामा खाना पकाएर खाने गर्थे । पछिल्लो समय कटियामा विभिन्न ब्रान्डका खाना बनाएर रेस्टुरेन्ट नै सञ्चालनमा आएका छन् । कटहरीमा कटिया व्यवसायको रुपमै सञ्चालन गर्दै आएका छन् ।  

सिलौटा रेस्टुरेन्ट तथा थकाली भान्साघर


 
नाम सुन्नेबित्तिकै जोकसैलाई पनि अनौठो लाग्न सक्छ । तर, सिलौटा नेपालीले गाउँघरदेखि सहरमा समेत भान्सामा प्रयोग गर्ने ढुंगा कुँदेर मसला–खुर्सानी पिस्नलाई बनाइएको ढुंगा हो । 

यसको प्रयोग सबै नेपालीले गर्ने गरेका छन् । तर, पछिल्लो समय नेपालीको भान्सामा पनि प्रविधि प्रयोग बढ्दै गएकाले सिलौटो लोप हुँदै गएको छ । 

यसलाई लोप हुन नदिन तथा सिलौटाको स्वादमा खाना खुवाउने उद्देश्यले रामेछाप तामाकोसी लिखु गाउ“पालिकाका प्रेम श्रेष्ठलगायत अन्य साथीहरु मिलेर काठमाडौ“को दरबारमार्गमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । 

श्रेष्ठ लामो समय विदेशमा बसेर नेपाल फर्केपछि के काम गर्ने भन्ने अन्योलमा थिए । केही समय अन्योलमा रहे पनि त्यसपछि भने रेस्टुरेन्ट नै सञ्चालन गर्ने मनसाय बनाए । तर, रेस्टुरेन्ट सबैले सञ्चालन गर्दै आएकाले अरुहरुले भन्दा फरक खाना खुवाउने हिसाबले सिलौटामा पिसेर बनाएको नेपाली मौलिक खाना ग्राहकलाई पस्किने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए । 

‘खाना स्वादकै लागि खाइने भएकाले सिलौटाको स्वाद काठमाडौ“का ग्राहकलाई खुवाउने उद्देश्यले सिलौटामा पिसेर बनाएको नेपाली खाना चखाउन सिलौटा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौ“,’ श्रेष्ठको भनाइ छ ।

रेस्टुरेन्ट सञ्चालनमा आएदेखि त्यहा“ आउने ग्राहकले सिलौटालाई धेरै मन पराउने गरेको समेत सञ्चालक श्रेष्ठले दाबी गरे । 
एक वर्षअघि मात्र सञ्चालनमा आएको सिलौटा अहिले सबैको रोजाइमा परेको छ । रेस्टुरेन्टमा टिपकिल सिलौटामा पिसेर बनाएको खाना, थकाली खाना, नेवारी खाना तथा अन्य विविध किसिमका खानासेट पाइने गरेको छ ।  

आगामी दिनमा सिलौटाको शाखा काठमाडौ“को बानेश्वरलगायत अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए  । करिब ४० लाखको लगानीमा चार जना मिलेर सञ्चालन गर्दै आएको सिलौटाले १० जनालाई रोजगारीसमेत दिएको छ । 
हाँडी बिरयानी

 
तपाइहरुलाई अचम्म लाग्न सक्छ, हाँडी बिरयानी नाम सुन्दा ! के हो हाँडी बिरयानी भन्ने पनि लाग्न सक्छ । 

तर, यो हाँडी बिरयानी रेस्टुरेन्टको नाम हो । धेरै वर्षसम्म अस्ट्रेलिया बसेर नेपाल आएका पोषण नेपाल र उनका भाइ पुजन नेपाल मिलेर सञ्चालन गरेको रेस्टुरेन्ट हो, हाँडी बिरयानी  । 

अस्ट्रेलियामै बसेर दुई विषयमा मास्टर डिग्री ‘एमबीए’ पोषण नेपाल दाजुभाइले विदेश हु“दा नै नेपाल आएर रेस्टुरेन्ट क्षेत्रकै व्यवसाय गर्ने योजना बुनेका थिए । उनीहरुले नेपालमा आएर रेस्टुरेन्ट क्षेत्रमा काम त गर्ने तर यो नै हुन्छ भन्ने योजनाचाहि“ बनाएका थिएनन् ।

नेपालमा अलि बढी नै चलेकाले फास्टफुड क्षेत्रमै काम गर्ने सोच राखेर विश्वब्रान्ड ‘म्याकडोन्ट’ म्याकडोल जस्तै तर नेपाली मौलिक नामसहितको खानालाई प्रोत्साहन गर्ने र विश्वमा चिनाउने ब्रान्ड बनाउने योजना रहेको सञ्चालक पोषण नेपालले बताए । 

उनका अनुुसार यसका लागि भारतदेखि नेपालका विभिन्न ठाउँमा १० महिनासम्म बजार अनुगमन गर्दा दिल्ली पुगे । त्यसपछि दिल्लीको एउटा हाँडी बिरयानीमा पुगेर बिरयानीमा बनाएको खाना खाए । बिरयानी खाँदा नेपाली खानाजस्तै स्वाद आएकाले उनीहरुले नेपालमा पनि यस्तै स्वादको खाना खुवाउने उद्देश्यले बिरयानी खानासहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने सोचसहित अगाडि बढे । 

मानिस व्यस्त हुने हुँदा घर वा अफिसमै खाना अर्डर गरेर खाने प्रचलन बढेकाले उनीहरुले अनलाइनमा बिरयानी खाना पु¥याउन ‘होम डेलिभरी सर्भिस’ समेत प्रदान गरेका छन् । 

फुडमाण्डुले भनेको स्थान र समयमा सेवा नपुर्याउने र परिकार चिसो हुने भएकाले आपूmहरुले यो सेवा दिने गरी हा“डी बिरयानी सुरु गरेको उनको तर्क छ । सबैले मनमा सम्झन सक्ने नाम हाँडी बिरयानी नै भएकाले सोचेरै यो नाम राखेको उनी बताउँछन् । 

उनले ०७५ चैत ३ गतेबाट हाँडी बिरयानी रेस्टुरेन्ट सुरु गरेका थिए  । करिब ७५ लाख लागतमा सुरु गरेको रेस्टुरेन्टले अहिले ग्राहकको मन जित्न सफल भइसकेको सञ्चालकको दाबी छ । हाँडी बिरयानीमा मटन, चिकेन, भेज र पवन बिरयानी पाइन्छ । 

हाँडीमा ब्रान्डेड चामल र मासु राखेर बनाएको गुणस्तरीय खानालाई बिरयानी भनिन्छ । ८ जनालाई रोजगारी दिएको नेपाली मौलिक खाना खुवाउने हाँडी बिरयानी एक विकल्प हुन सक्छ ।

बोता मःम

विदेशमा पढेर नेपाल आएका निवेन अमात्यले करिब ६ वर्षपहिला लाजिम्पाटमा बी एन्ड डी क्याफे सञ्चालन गरेका थिए । क्याफेमा अन्तर्राष्ट्रिय स्तरका इटालियन खाना, वास्टनाइज बर्गर, चाउमिन तथा रसियनलगायत सबै किसिमका खाना उपलब्ध हुने गरेको थियो ।

तर क्याफे खाना आउने जोकोही ग्राहकले हरेक पटक एक आइटमसहित एक पिलेट चाउमिनसँगै ममःको माग गर्ने हु“दा नेपालीले खाने भनेको ममः रहेछ भन्ने अमात्यलाई लाग्यो ।  

नेपालमा सानादेखि पाँचतारे होटलमा समेत ममः पाइने रहेछ भनेर उनले ममः रेस्टुरेन्ट सञ्चालन गर्ने सोच बनाए । नेवारी संस्कृतिमा पूजा गर्न प्रयोग गरिने सामग्रीमा ममः राखेर दिँदा कस्तो होला ? ग्राहक व्यवसायमा भगवान्सरह हुन् भनेरै ममःलाई बोतामा राखेर दिने परिकल्पनाअनुसार ‘बोता’ नाम राखिएको विपिन प्रधानले बताए । 

पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न चोकमा बोता ममः रेस्टुरेन्ट देख्न सकिन्छ । सन् २०१६ मे २१ देखि सञ्चालनमा आएको रेस्टुरेन्टले ग्राहकलाई ममः सर्भ गर्दा दिने सालको पात भने नवलपरासीबाट ल्याउने गरेको छ । यो अन्य प्लास्टिक सामग्रीभन्दा केही महँगो पर्छ । यसमा विभिन्न प्रकारका ममःदेखि लिएर नेवारी खाना सेट पाइने गरेको छ । 

काठमाडौँ उपत्यकामा ९ वटा शाखा रहेको र केही महिनामा थप ९ स्थानमै नयाँ शाखा सञ्चालनको तयारी भइरहेको सञ्चालक प्रधान बताउ“छन् । करिब १० करोडभन्दा बढीको लगानी रहेको बोताले उपत्यकामा मात्रै ३ सय जनालाई रोजगारी दिएको छ । बोतालाई अन्य विदेशको ब्रान्डजस्तै नेपाली बोता ममः को ब्रान्ड बनाउने उद्देश्य रहेको यसका सञ्चालकले जानकारी दिए । 

 रातो भाले रेस्टुरेन्ट 

बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत छेउ रहेको परिचित नाम हो, रातो भोले रेस्टुरेन्ट । कसैले रातो भाले कहाँ पर्छ भनेर सोधे सबैले बबरमहलमा पर्छ भन्छन् । 

काठमाडौँमा गाउँको लोकल भालेको स्वादमा खाना खुवाउने गरी २०६० सालमा सुरु गरिएको थियो यो रेस्टुरेन्ट । २०६० देखि निरन्तर गाउँको लोकल रातो भालेको मासुमा नेपाली खाना खुवाउन थालेको थियो । यसले केही समय लोकल भाले अगाडि राखेर नै व्यवसाय सञ्चालन गर्दै आएको थियो । तर अहिले गाउँघरमा समेत लोकल भाले पाइन छाडेकाले केही समस्या देखिन लागेको रेस्टुुरेन्ट सञ्चालक प्रेम श्रेष्ठले बताए । 

उनका अनुसार अहिले रातो लोकल भालेको स्वादमा खाना खुवाउन समस्या हुन लागेको छ । उनले भने, ‘गाउँको लोकल भालेको स्वाद नभएको भन्दै ग्राहकले गुनासो गर्न थालेका छन् । पछिल्लो समय गाउँघरमा समेत लोकल कुखुरा पाउन छाडेकाले सक्कली लोकल कुखुरा भेटिँदैनन् । हामीले पनि बजारमा आएको लोकल भनेर ल्याउ“दा मिसावट भएको हुन्छ । ग्राहकले गुनासो गर्नु स्वाभाविकै हो ।’

रातो भाले रेस्टुरेन्ट नाम राखे पनि लोकल भाले पाइन छाडेकाले यो पुरानो ब्रान्ड जोगाउनसमेत मुस्किल भइरहेको श्रेष्ठको तर्क छ । 
रातो भालेमा विभिन्न नेपाली खाना, लोकल कुखुराको भालेको मासु, लोकल खसीको मासुलगायत लोकल मासुका विभिन्न परिकार पाइने गरेको छ । साथै, रातो भालेमा चितवनको लोकल तास पनि पाइन्छ । यो तास काठमाडौ“मा रातो भालेले २०६२ सालमा सबैभन्दा पहिला ल्याएको सञ्चालक श्रेष्ठको दाबी छ ।

रातो भालेले बजारमा खाना डेलिभरीसमेत गर्ने गरेको छ । रेस्टुरेन्टमा नेपाली खानाका साथै चाइनिज, भारतीय, कन्टिनेन्टल तथा इटालियन खानासमेत पाइन्छ । करिब २ करोडको लागतमा सञ्चालनमा आएको रातो भालेको अहिले सीतापाइलामा समेत शाखा विस्तार भएको छ । रातो भालेले करिब ५० जनालाई रोजगारी दि“दै आएको छ । 

घरआँगन रेस्टुरेन्ट 

घरआँगन रेस्टुरेन्ट पनि बबरमहल रातो भालेभन्दा सय मिटर अगाडि रहेको छ । घरआँगन रेस्टुरेन्ट २०७६ जेठबाट सञ्चालनमा आएको हो । 

घरआँगन रेस्टुरेन्ट ट्राभल एजेन्सी चलाउँदै आएका तीन जना मिलेर सञ्चालन गरेका हुन् । पछिल्लो समय नेपाली मौलिक संस्कृति तथा नेपालीपन हराउ“दै गएकाले यसलाई जोगाउन र घरआँगन रेस्टुरेन्टबाट यसको झल्को दिन सकिने उद्देश्यले सोहीअनुरुपको नाम राखिएको सञ्चालक भूपध्वज कार्कीले बताए । 

उनका अनुसार नेपालमा ग्रामीण स्तरका प्रत्येकका घरमा आँगन हुने र त्यहा“ बसेर खाना खाएको अनुभव दिन तथा रेस्टुरेन्टमा आए पनि गाउँघरको आँगनमै बसेर खाएको अनुभव दिने गरी घरआँगन रेस्टुरेन्ट सञ्चालन गरिएको हो । कार्कीले भने, ‘घरआँगन रेस्टुरेन्टमा आउने ग्राहकलाई गाउ“घरकै घरआँगनमै बसेर खाएजस्तै अनुभूति दिने काम हामीले गरेका छौँ ।’

घरआँगन रेस्टुरेन्टमा टिपिकल नेपाली खाना, सामान्य मानिसको पनि पहुँच पुग्ने सस्तो मूल्य, घरमा बनाएजस्तो खाना पाइनेलगायत सुविधा छन् । करिब ३० लाख लागतमा सञ्चालनमा आएको रेस्टुरेन्टमा अहिले ८ जनाले रोजगारी पाएका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top