सेयर बजार निरन्तर ओरालो लागेपछि धितोपत्र बोर्ड बोल्यो, कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक छ, हत्तोसाहित हुनुपर्दैन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ५, बुधबार,०३:५५:PM  
सेयर बजार निरन्तर ओरालो  लागेपछि धितोपत्र बोर्ड बोल्यो, कम्पनीहरुको  वित्तीय अवस्था सन्तोषजनक छ, हत्तोसाहित हुनुपर्दैन

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेपछि नियामक नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई  हतोत्साही नहुन आग्रह गरेको छ ।

बजार निरन्तर घट्न थालेपछि बोर्डले हतारहतारमा सेयर बिक्री नगर्ने लगानी गर्न आग्रह गरेको छ । बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गरी मुलुकको समग्र आर्थिक अवस्था सन्तोषजनक रहेको र सूचिकृत कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक रहेको जानकारी गराएको छ ।

बोर्डले धितोपत्र बजारको सुधारका लागि काम गरिरहेको जानकारी गराएको छ ।  सेयर बजारमा लगानी गर्दा सम्बद्ध क्षेत्रका उद्योग, व्यवसाय तथा कम्पनीहरुको आधारभूत र प्रावधिक पक्षका बारेमा समेत जानकारी लिन समेत लगानीकर्तालाई बोर्डको आग्रह छ । 

विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top