कोराेनाले दियो दशैंको झल्को : दैनिक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिदै  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ६, बिहीबार,०१:०९:PM  
कोराेनाले दियो दशैंको झल्को : दैनिक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिदै  

काठमाडौं । कारोना भाइरसको सन्त्रासले उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्ते बढेको छ । बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन  दिएको थियो । त्यस्तै आजबाट शुरु हुने एसर्ईई तथा विश्वबिद्यालयका सम्पूर्ण परिक्षा पनि स्थगित गर्न निर्देशन दिएको छ ।

एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौ बस्ने बिद्यार्थीहरु धमाधम घर फर्किन लागेका हुन् । त्यस्तै रोजगारीका क्रममा उपत्यका बस्ने अभिभावकहरुले पनि कारोना त्रासले आफ्नो छोराछोरीलाई गाँउ पठाउन लागेका छन् । अचानक स्कुल कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अहिले दशैँ तिहारमा जस्तै उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्या अचानक बढेको उनले बताए । उनका अनुसार बिहिबार मात्र काठमाडौंबाट १ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । बुधबार र बिहिबार झण्डै २ लाख यात्रु बाहिरएको ट्राफिक महाशाखाको तथ्यांक छ । शुक्रबारबाट अझ बढ्ने अनुमान गरिएको छ ।  

अहिले नागढुङ्गा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्यामा पनि वृद्धि भएको छ । महानगरिय ट्रफिक महाशाखाका प्रवक्ता, प्रहरी उपरीषक जीवनकुमार श्रेष्ठका अनुसार आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको छ । 
  
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top