काेरोनाले काठमाडाैंका अधिकांश शो–रुम, सपिङ मल, विद्यालय र सडक सुनसान(फोटोफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०४:२३:PM  
काेरोनाले काठमाडाैंका अधिकांश शो–रुम, सपिङ मल, विद्यालय र सडक सुनसान(फोटोफिचर)

काठमाडौं । विश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरस(कोभिड—१९) को असरले काठमाडौंका शो–रुम, सपिङ मल, विद्याल तथा सडकहरु सुनसान हुन थालेका छन् । कोरोना संकमण हुने सन्त्रासले धेरैले काठमाडौं छाडेपछि सेवा तथा व्यापारिक क्षेत्र बन्द भएका छन् । 

सरकारले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँगै ती क्षेत्र प्रभावित बनेका हुन् ।  खासगरी शो–रुम, सपिङ मल, विद्यालय र सडक आवतजावत पनि समेत पातलिन थालेको छ । व्यापारीहरुले पसल तथा व्यवसाय बन्द गरेका छन् ।

पर्यटकका लागि केन्द्र मानिएको ठमेल अहिले सुनसान छ । त्यस्तै, असल, न्युरोड लगायताक क्षेत्रको व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन भनेपछि सडकमा आवतजावत निकै घटेको छ । 

हेर्नुस फाेटाेफिचरः

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top