बढी भाडा लिइ टिकट बेच्ने २० जना व्यक्ति पक्राउ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,१२:२४:PM  
बढी भाडा लिइ टिकट बेच्ने २० जना व्यक्ति पक्राउ

काठमाडौँ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रास फैलिरहेका बेला मौकाको फाइदा उठाउँदै बढी भाडा लिइ टिकट बेच्ने २० जना व्यक्ति पक्राउ परेका छन् ।  ट्राफिक महाशाखाको टोलीले ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।

यात्रुहरूलाई सुरक्षित र सहज बनाउनको लागि ट्राफिक प्रहरी आफैँ यात्रु बनेर र ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा उक्त स्ट्रिङ्ग अप्रेशन चलाएको महाशाखाका प्रमुख ढकालले बताए ।

पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्‍ठ, गोबिन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्रकुमार शाही रहेका छन् । यी व्यक्तिहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशाला स्थानबाट पक्राउ गरिएको हो ।

ती पक्राउ पर्नेहरूले गाडी चढ्नु अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको, एउटै टिकट २ जनालाई बेच्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकोले पक्राउ गरिएको जानकारी दिए । उनले भने – “महाशाखाले पीडित सहायता इकाईबाट प्रहरी निरीक्षकको कमाण्डमा सादा पोशाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ र यो कार्य निरन्तर गरिनेछ ।” 

ट्राफिक प्रहरी महाशाखाले यही ७ गते ९ जना र चैत्र ८ गते १७ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा बुझाईसकेको छ भने हाल सम्म यो संख्या ४६ जना पुगेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top