माथिल्लो तामाकोसीलाई छोएन कोरोना भाइरसले, आयोजना निर्माणको काम जारी 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,१२:५४:PM  
माथिल्लो तामाकोसीलाई छोएन कोरोना भाइरसले, आयोजना निर्माणको काम जारी 

काठमाडौं । कोरना भाइरले नेपालमा निर्माणधिन विभिन्न जलविद्युत आयोजनालाई प्रभावित बनाए पनि  ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम भने सुचारु छ ।

हाल आयोजनाको बाँध परीक्षण काम  सकिएको छ । बाँधमा पानी भर्ने काम जारी रहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । उनले बाँधमा कुनै समस्या नदेखिएको स्पष्टपारे । 

आजको दिनसम्म ३०० भन्दा बढी मजदुर तथा कर्मचारीले आयोजनामा काम गरिरहेको उनले सुनाए । कोरोनाले आयोजनाको काम प्रभावित नभएको उनले जानकारी दिए । 

पेनस्टक पाइप जडानको काम जारी रहेको उनले जानकारी दिए । पेनस्टकको काम सकिएपछि आयोजनाबाट बिजुली उत्पादन सुरु हुने छ । आउँदो असारसम्म एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनको काम अन्तिम चरणमा पुगेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top