काठमाडाैंं । विश्वव्यापी रुपमा फैंलिरहेको कोरोना भाइरस(कोभिड–१९) संकमणको सन्त्रासले काठमाडौंका अधिकांश क्षेत्र सुनसान र खाली बनेका छन् । देशभरबाट काठमाडौं आएर व्यापार व्यवसाय गर्ने व्यापारी, शिक्षक, मजदुर, विद्यार्थी लगायत पेशागत व्यक्तिहरुले गाउँ फर्किएपछि काठमाडौं सुनसान बनेको हो ।
खासगरी काठमाडौंमा शो–रुम, सपिङ मल, विद्यालय, उद्योग लगायतका संस्था बन्द भएका छन् । लामो दूरीका सार्वजनिक यातायात सोमबारदेखि बन्द हुँदा काठमाडौंस्थित नयाँ बसपार्क पनि शून्य र खाली भएको छ ।
सडकमा यातायात सवारीको संख्या पातलो छ । ठूला पसल, होटल, होस्टेल, निजी सेवा प्रदायक संस्था पनि बन्द छन् ।
हेर्नुस फाेटाेफिचरः
थप
expand_moreकम
expand_less