इतिहाद एयरवेजले नियम उल्घन गर्दै यात्रु ल्यायो, दुई घण्टा आकाशमा होल्ड गरेर अवतरण 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,०९:४३:PM  
इतिहाद एयरवेजले नियम उल्घन गर्दै यात्रु ल्यायो, दुई घण्टा आकाशमा होल्ड गरेर अवतरण 

काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले अन्तर्राष्ट्रिय उडान रोके पनि विदेशी एयरलाइन्सले एकपछि अर्को  नियम उल्घन गर्दै आएका छन ।

शनिबार ३ ओटा एयरलाइन्सले नियम मिचेर जवर्रजस्ति अवतरण गरेको बेला सोमबार पनि इतिहाद एयरले जवर्जस्ति अवतरण गरि यात्रु झारेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले इतिहाद एयरवेजले दुबई बाट २ जना यात्रु ल्याएको पुष्टि गरे।

ती दुई नेपालीलाई अहिले खरिपाटी क्वारेन्टाइनमा पठाइएको उनले बताए । झन्डै २ घन्टाभन्दा बढी जहाज आकाशमा होल्ड गरेपछि पाइलटले इन्धन सकिएको जानकारी गराएका थिए । त्यसपछि अवतरणका लागि अनुमति दिईएको हो,पोखरेलले भने,पछि यात्रुलाई पनि झारेपछि खरिपाटि पठायौ ।

ईन्धन हाल्न भनेर अवतरण गरेको जहाजले यात्रु झारेको बिषयमा छानबिन गरि कार्वाही अघि बढाउने उनले बताए ।
यसअघि एयर ईन्डिया ,सिल्क एयर र थाई एयरले पनि नेपालीहरु ल्याएको थियो । ती जहाज लाई कुनै कार्वाही भएको थिएन ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top