मुलुक लकडाउन पछि बन्द हुन थाले उद्योग, लाखौं कर्मचारीलाई बिदा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०९:४९:AM  
 मुलुक लकडाउन पछि बन्द हुन थाले उद्योग, लाखौं कर्मचारीलाई बिदा

काठमाडौं । सरकारले मुलुक लकडाउन गरेपछि उद्योगीले पनि धमाधम उद्योग बन्द गरेका छन् । उद्योगमा कर्मचारी आवातजावात गर्न नसक्ने भएपछि उद्योगीले धमाधम उद्योग बन्द भएका हुन् । 

पछिल्लो समय नेपालमा कारोना देखिएपछि कर्मचारीे जोखिममा नपरुन भन्ने उद्देश्यले उद्योगीले उद्योग बन्द गराएका हुन् । कतिपय उद्योगीले मुलुक लकडाउन हुनुपूर्व नै आफ्नो उद्योग बन्द गराएर कर्मचारीलाई बिदा दिइसकेका थिए । सरकारले मङ्गलबारबाट लकडाउन गरेपछि उद्योगीले सोमबार बेलुकाबाटै कर्मचारीलाई बिदा बस्न भनिसकेका छन् । 

‘यस्तो बेला सरकारलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो,’ एक उद्योगीले भने, ‘त्यही भएर सम्पूर्ण कलकारखाना बन्दा गराएका हौं । कर्मचारीलाई पनि बिदा दिइसकेको छ ।’ 

गोल्छा अर्गनाइजेसन, शङ्कर ग्रुप, सारडा ग्रुप, मुरारका ग्रुप, सौरभ समूहलगायतले उद्योग बन्द गरिसकेका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top