प्राधिकरणको निर्देशनलाई लत्याउँदै एनसेलले दियो आधामात्रै बोनस सुविधा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०८:५२:PM  
प्राधिकरणको निर्देशनलाई लत्याउँदै एनसेलले दियो आधामात्रै बोनस सुविधा

काठमाडौं । निजि दूरसञ्चार सेवाप्रदायक एनसेल प्राइभेट लिमिटेले नियामक निकाय दूरसञ्चार प्राधिकरणको निर्देशनलाई लत्याउँदै रिर्चाजमा ग्राहकलाई आधामात्रै बोनस सुविधा दिएको छ । 

विश्वभर फौलिएको कोरोना भाइरसका कारण मंगलबारबाट नेपालमा पनि लकडाउन गरेपछि प्राधिकरणले सेवाप्रदायकलाई रिचार्जमा शतप्रतिशत बोनस दिन र २०० रुपैयाँसम्म सापटी उपलब्ध गराउँन निर्देशन दिएको थियो । 

नेपाल टेलिकमले निर्देशन पालना गर्दा एनसेल भने आफुखुसि निर्णय गरेको छ ।  टेलिकमले भने बुधबार सो सुविधा दिर्ने निर्णय गरिसकेको छ । टेलिकमले बुधबार रातीदेखि १८ चैतसम्म लागु हुने गरी रिचार्जमा शतप्रतिशत बोनस योजना सार्वजनिक गरिसकेको छ । 

निर्णय गरेपनि कार्यान्वयन गराउने बेला प्राधिकरण पछि हट्ने गरेको छ । त्यस्तै २०० रुपैयाँसम्म सापटी लिने मिल्ने बनाए पनि २ रुपैयाँ सेवा शुल्क लिने भनि प्याकेज सार्वजनिक गरेको छ ।

तर, प्राधिकरणले कनै शुल्क नलिइ सापटी सेवा दिन निर्देशन दिएको थियो । बुधबारबाट एनसेलले २३० रुपैयामा एक हप्ताका लागी १५ जीबी डेटा प्याक समेत सार्वजनिक गरेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top