लुक्लामा १२५ भन्दा बढी पर्यटक अलपत्र ( नामावली सहित )

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०९:४६:PM  
लुक्लामा १२५ भन्दा बढी पर्यटक अलपत्र ( नामावली सहित )

काठमाडौं । सोलुखुम्बुको लुक्लामा १२५ भन्दा बढी विदेशी पर्यटक अलपत्र परेका छन् । सगरमाथा क्षेत्रमा ट्रेकिङ गएर फर्किएका ती विदेशी पर्यटकहरु अलपत्र परेका हुन ।
 

पर्यटकहरु मंगलबार नै काठमाडौं फर्कने तालिका रहे पनि मौसम खराबीका कारण त्यस दिन आउन पाएनन् । बुधबारबाट सरकारले कोरोना भाइरसको संक्रमण बढ्न नदिन भन्दै एक साताको लागि लकडाउन गरेपछि ती पर्यटकहरु लुक्लामा विचल्लि परेको पर्यटन व्यवसायी आङपेम्बा शेर्पाले जानकारी दिए ।

ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक अलपत्र परेको बिषयमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहजिकरण गरिदिनु पर्ने बताए ।

अलपत्र पर्ने पर्यटक हरुमा फ्रान्स ,अस्ट्रेलिया ,अफ्रिका लगायत मुलुहरुका रहेका छन् । 

अहिले सरकारलाइ कोरोना भाइरस नियन्त्रण कसरी गर्ने भन्ने चिन्ता धेरै रहे पनि पर्यटक उद्धारमा पनि ध्यान जानुपर्ने उनको भनाइ छ । सरकारले अनुमति दिए सुरक्षित ढंगले ती पर्यटकको उद्धार गर्न टान तयार रहेको उनले बताए ।

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top