जर्मन दुतावासले कतार एयरवेज मार्फत आफ्नो नागरिक लैजाने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,१२:३९:PM  
जर्मन दुतावासले कतार एयरवेज मार्फत आफ्नो नागरिक लैजाने

काठमाडौं । जर्मन दुतावासले नेपालमा अलपत्र परेका नागरिकलाई जहाज चार्टर गरेर लैजाने भएको छ । दुतावासका अनुसार कतार एयरवेज मार्फत शुक्रबार र शनिबार दुई उडान मार्फत नागरिक लाई लैजान लागेको हाे ।

यस्तै फ्रान्स दुतावासले पनि जहाज चार्टर गर्ने तयारी गरिरहेकाे छ । काेराेना भाइरस काे संक्रमण बढे पछि सरकारले एक साताको लागि लक डाउन गरेको छ भने अान्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । उडान स्थगन भएपछि पर्यटकहरू अलपत्र परेका छन् । विभिन्न ठाउँमा अलपत्र परेका पर्यटक लाई सम्बन्धित दुतावासकाे सिफारिसमा उद्वार गर्ने भएको छ ।

बुधबार बसेकाे काेराेना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिले नेपाल मा अलपत्र परेका पर्यटक हरुलाई काठमाडौं सम्म ल्याएर बिदेश पठाउने निर्णय गरेको छ। अहिले लुक्ला,पाेखरा लगायतका क्षेत्रमा पर्यटक हरु अलपत्र परेका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top