जीवन बीमा शुल्क बुझाउने समय थप

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०५:०८:PM  
जीवन बीमा शुल्क बुझाउने समय थप

काठमाडौं । बीमा समितिले बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ। परिस्थिति सामान्य भएपछि विनाब्याज सो शुल्क संकलनको व्यवस्था गर्न निर्देशन दिइएको छ।

कोरोना भाइरसको प्रभावले लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै समितिले यस्तो निर्देशन दिएको हो।  साथै बीमा अवधि समाप्त भएको बीमा लेखकको हकमा सम्वन्धित बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण हुने व्यवस्था गर्न समितिले भनेको छ।

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकीन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top