मुकेश अम्बानीको रिलायन्सले बुधबार हकप्रद सेयर निष्कासन गर्दै, भारतमा सबैभन्दा ठुलो सेयर बिक्री 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ५, साेमबार,०१:२४:PM  
मुकेश अम्बानीको रिलायन्सले बुधबार हकप्रद सेयर निष्कासन गर्दै, भारतमा सबैभन्दा ठुलो सेयर बिक्री 

एजेन्सी । भारतीय डलर अर्बपति मुकेश अम्बानीले रिलायन्स इन्डष्ट्रिज लिमिटेडलाई ऋणमुक्त बनाउने भएका छन । उनले बैंकको ऋण तिर्ने योजनाअनुसार रिलायन्समा लगानी थप्ने योजना ल्याएका हुन । रिलायन्सले सेयरधनीलाई १.१५ प्रतिशत अनुपातमा ५३ हजार १२५ करोड भारु बराबरको हकप्रद सेयर निष्कासन गर्दैछन । 

सेयरधनीले अहिले २५ प्रतिशत भुक्तानी गरे हुने भएको छ । मे र आगामी वर्षको नोभेम्बरमा गरी दुई पटक सेयरको रकम भुक्तानी गर्नुपर्ने भएको छ ।

तेलदेखि टेलिकमसम्मको व्यवसाय गरिहेको रिलायन्सको हकप्रद सेयर बिक्री बुधबारदेखि खुला हुने भएको छ । हकप्रद निष्कसन आउँदो जुन ३ तारिखसम्म खुला हुने छ । प्रतिसेयर मूल्य १ हजार २५७ भारु तोकिएको छ । 

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले ५३ हजार १२५ करोड भारु थप लगानी जुटाउन १.१५ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्न र भुक्तानीको तालिका निर्धारण गरेको थियो ।

बिक्री नभएको हकप्रद सबै अम्बानी परिवारले सकार्ने (अण्डरराइटिङ) भएका छन । भारतमा हालसम्म कै सबैभन्दा ठुलो हकप्रद निष्कासन हो । गएको शुक्रबार रिलायन्सको सेयर प्रतिकित्ता १ हजार ४५८ भारुमा कारोबार भएको थियो । 

मुकेशले आगामी सन २०२१ मा रिलायन्सलाई ऋणमुक्त बनाउने योजना अघि सारेका छन । उनले हकप्रद सेयर निष्कासन र विदेशी रणनीतिक साझेदार भित्राएर रिलायन्सको ऋण तिर्ने योजना बनाएका हुन । 

गत मार्चसम्म रिलायन्सको दायित्व ३ लाख ३६ हजार २९४ करोड भारु थियो । रिलायन्ससंग १ लाख ७५ हजार २५९ करोड नगद थियो । यसबाट रिलायन्सको खुदऋण १ लाख ६१ हजार ३५ करोड भारु हुने छ ।  

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top