सेलपेबाट कोरोना भाईरस विरुद्ध बीमा गर्न सकिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ६, मङ्गलबार,१०:३१:AM  
सेलपेबाट कोरोना भाईरस विरुद्ध बीमा गर्न सकिने

 कोरोना भाईरस (कोविड १९) विरुद्धको बिमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत लिन सकिने भएको छ । रोगबाट हुने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गन     सगरमाथा इन्सुरेन्ससंगको सहकार्यमा कोरोना भाईरस विरुद्ध बीमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । सेलपे मार्फत आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा पनि गर्न सकिनेछ । 

सेलपेका ग्राहकहरुले बीमा गर्न आफ्नो सेलपे एप्पमा गई कोविड–१९ आइकनमा क्लिक गरी सजिलै  व्यक्तिगत वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गर्न सकेनछ ।     शुल्क भुक्तानी गरेको १५ दिनपछि कोहि व्यक्तिमा कोरोना ईरसभ पोजिटिभ पुष्टि भएमा  बीमा रकमका लागि दाबी गर्न गर्न सकिनेछ ।  बीमाको अवधि १२ महिनासम्म रहनेछ ।  ग्राहकले १ लाखसम्मको बीमा गर्न सकिने कम्पनीले जनाएको छ  । 

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल   भुक्तानी, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन÷पाउन, बीमा रकम भुक्तानी,  विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने ट्रान्सफर, मनी वास्तविक समयमा गर्न सकिन्छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top