सेनाको शव लिन श्री एयरलायन्स उड्यो ट्युनिसिया

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ८, बिहीबार,०३:१७:PM  
सेनाको शव लिन श्री एयरलायन्स उड्यो ट्युनिसिया

काठमाडौं । श्री एयरलाइन्सको जहाज नेपाली सेनाका एक अधिकृतको शव लिन ट्युनिसिया तर्फ उडको छ । एयरलाइन्सका अनुसार बिहीबार बिहान सीआरजे बम्बाडियर जहाज त्यस तर्फ उडेको हो ।

शान्ति सेनामा खटिएका बेला ट्यूनिसियामा ज्यान गुमाएका  सैन्य अधिकारीलाई लिएर जहाज शुक्रबार काठमाडौं आइपुग्ने छ ।शान्ति सेनामा खटिएका मृतक सैनिकको शव स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले नै समन्वय गरिरहेको छ ।

श्री एयरलाइन्सले लामो समयदेखि शान्ति मिसनमा नेपाली सैनिकसँग मिलेर काम गरिरहेको छ । उक्त कम्पनीका हेलिकोप्टर शान्ति मिसनमा प्रयोग भइरहेका थिए ।

लकडाउनकै बीचमा यसअघि अर्का सैनिक अधिकृतको शव लिन श्री एयरलाइन्सकै जहाज सुडान गएको थियो ।
श्रीको जहाज ट्यूनिसिया पुग्न यो जहाजले भारत, पाकिस्तान, ओमान, साउदी अरेबीया, इजिप्ट र लिवियाको आकास प्रयोग गर्नेछ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top