कोरोना नियन्त्रण भएका मुलुकमा कामदार पठाउने तयारीमा सरकार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १०, बुधबार,०६:१५:PM  
कोरोना नियन्त्रण भएका मुलुकमा कामदार पठाउने तयारीमा सरकार 

काठमाडौं । सरकारले कोरोना नियन्त्रण हुँदै गएका मुलुकमा नेपाली कामदार पठाउने तयारी थालेको छ । कोरोनाको महामारी सुरुभएदेखि बन्द भएको वैदेशिक रोजगारी खुलाउन सरकारले तयारी समेत सुरु गरेको हो । 

खाडी तथा मलेसियामा अहिले कोरोना नियन्त्रण हुँदै त्यहाँको सरकारले लकडाउन खुकुलो बनाउँदै जान थालेपछि सरकारले त्यस देशबाट माग आएका नेपाली कामदारलाई पठाउनका लागि गृहकार्य थालेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरोना नियन्त्रण हुँदै गएका मुलुकहरुमा नेपाली कामदार पठाउने गरी वैदेशिक रोजगार खुलाउन लागिएको बताए ।

‘अहिलेसम्म वैदेशिक रोजगार खुलाउनका लागि नीतिगत निर्णय भएको छैन, अब नीतिगत निर्णय गरेर खुलाउने तयारीमा सरकार रहेको छ,’ उनले भने । यस विषयमा प्रधानमन्त्रीलाई कुरा गर्दा कोरोना नियन्त्रण हुँदै गएको मुलुकमा कामदार पठाउन प्रधानमन्त्री सकारात्मक भएकाले एक/दुइ दिनमा निर्णय हुने यादवले बताए । 

‘खाडीका केही मुलुक, मलेसिया र कोरियामा कामदार पठाउनका लागि अन्तिम गृहकार्य भइरहेको छ,’ उनले भने । लामोसमयसम्म वैदेशिक रोजगार क्षेत्र बन्द हुँदा कामदार पनि अड्किने र अर्थतन्त्रमा पनि समस्या आउने भएकाले अध्ययन गरेर खुलाउन लागिएको यादवले बताए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी रोजगार बाट थप

Top