मस्तिष्कघात हुने कारण र यसको उपचार : डा. अश्विन काफ्ले

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार २७, शनिबार,११:४६:AM  
मस्तिष्कघात हुने कारण र यसको उपचार : डा. अश्विन  काफ्ले

मस्तिष्कको रगत बग्ने नली बन्द हुनु अथवा फुट्नुलाई नै मस्तिष्कघात भनिन्छ । नेपालमा पनि यस्ता बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । मस्तिष्कघात एक चिकित्सा अवस्था हो, जहाँ मस्तिष्कमा कम रगत प्रवाह हुन्छ र सोही कारण मस्तिष्कका कोषहरु मर्न थाल्छन् । मस्तिष्कघातलाई स्ट्रोक, सीभीए पनि भन्ने गरिन्छ । मानिसको उमेर जति बढ्दै गयो, त्यति यसको जोखिम बढ्दै जान्छ । अझ ५० वर्षभन्दा माथिकालाई बढी जोखिम हुने पाइएको छ । ब्रेनस्ट्रोक प्रायः गरी दुई प्रकारको हुन्छ ।

१. स्केमिक  
स्केमिक मस्तिष्कको रगत बग्ने नली बन्द भएर अथवा कम रगत प्रवाहका    कारण मस्तिष्कमा हुने पक्षाघात हो । स्केमिक स्ट्रोक लगभग ८० प्रतिशतमा देखिने गरेको छ ।

२. हेमोरेजिक  
हेमोरेजिक स्ट्रोक टाउकोमा नसा फुटेर हुने समस्या हो । यसले गर्दा मस्तिष्कको केही भागमा अनियन्त्रित रुपले रगतको प्रवाह हुन्छ र नसाहरुमा रगत जम्ने समस्या हुन्छ । यो अवस्था अत्यन्तै खतरनाक हुन्छ ।  हेमोरेजिक स्ट्रोक लगभग ८० प्रतिशतमा देखिने गरेको छ ।

मस्तिष्कघातका लक्षणहरु  
- अनुहार, हात वा खुट्टा अचानक कमजोर हुनु, विशेषगरी शरीरको एकतर्फ कमजोर हुनु ।
- बोल्न समस्या वा बोली बुभ्mन गाह्रो हुनु ।
-   एक वा दुवै आँखामा हेर्ने समस्या हुनु ।
-     बेसरी टाउको दुख्नु ।
-    अचानक हि“ड्दा समस्या हुनु, चक्कर आउने तथा शारीरिक सन्तुलन गुमाउनु ।
-    दिसा–पिसाबमा नियन्त्रण नहुनु ।

यसबाट बच्न के गर्ने ?
-    मस्तिष्कघातबाट जोगिन खानपानमा ध्यान दिनुपर्छ । रक्तचापको औषधी सेवन गर्नेले नियमित नछुटाउने, मधुमेह (डाइबिटिज),  कोलस्ट्रोल र उच्च रक्तचापका समस्या छ भने नियन्त्रणमा राख्ने गर्नुपर्छ ।
-     मस्तिष्कघातको आपतकालीन रुपमा उपचार गर्नुपर्छ र जतिसक्दो चाँडो उपचार सुरु गर्नुपर्छ नत्र बिरामीको मृत्यु नै हुन सक्छ ।
-    यस्तो रोग निको हुन लामो समय लाग्छ । उपचारका क्रममा बिरामीको राम्रोसँग हेरविचार गर्न अत्यावश्यक हुन्छ । यस्ता बिरामीमा विभिन्न खाले अन्य जटिलता पनि देखिन सक्छन् । त्यसैले विभिन्न संक्रमण, निमोनियाजस्ता समस्याबाट बचाउन सक्नुपर्छ ।
-     प्रायः जा“डरक्सी खाने र धूमपान गर्नेमा यो रोग बढी देखिन्छ ।

मस्तिष्कघात भएपछि बिरामीमा के समस्या हुन्छ ?
मस्तिष्कघातपछि कतिपय बिरामीको हात, खुट्टा नचल्ने र मुख बांगिने हुन्छ । कतिपय बिरामीको एक भाग मात्र चल्छ । मस्तिष्कघातपछि अर्धचेत अवस्थामा पुग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

एकातिरको मात्र पक्षाघात हुने पनि समस्या हुन सक्छ । कारण के हो भने मस्तिष्कको प्रत्येक भागले भिन्नाभिन्नै शारीरिक एवं मानसिक क्रियाहरुलाई सञ्चालन गर्नुका साथै नियन्त्रण गर्ने काम गर्छ । सामान्यतया हाम्रो मस्तिष्कको बायाँ भागले शरीरको दाहिने भागलाई र दायाँ हिस्साले शरीरको देब्रे भागलाई नियन्त्रित गर्छ । ब्रेनस्ट्रोकका कारणले मस्तिष्कको जुन भाग प्रभावित भएको हुन्छ, त्यस भागसँग सम्बन्धित अंगहरुको सञ्चालनमा बाधा पुग्छ ।

स्ट्रोक भएको मानिस ओछ्यान परिराख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । यसले गर्दा थप नयाँ शारीरिक समस्या आउन सक्छन् । यस्तो अवस्थामा धेरैलाई छातीको संक्रमण हुने सम्भावना हुन्छ ।
स्ट्रोक भइसकेपछि बिरामीलाई एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या आउने सम्भावना पनि हुन्छ ।

फिजियोथेरापीद्वारा मस्तिष्कघातको उपचार   
फिजियोथेरापी वा भौतिक चिकित्सा स्वास्थ्योपचार विधिबाट यसको उपचार गर्न सकिन्छ । व्यायाम, हाड–जोर्नीको परिचालन तथा नसाको परिचालन र अन्य विद्युुत्को प्रयोगले शरीरमा उत्पन्न भएका सम्पूर्ण हाड, नसा तथा मांसपेशीका रोगहरुको उपचार गरिन्छ ।

साथै, शारीरिक ब्यालेन्स, हिड्ने चाल तथा अन्य सामान्य दैनिक जीवनका गतिविधिहरु सजिलै गर्न प्रशिक्षण गरिन्छ । पक्षाघात भएको व्यक्तिलाई जति चाडो फिजियोथेरापी गराइयो, त्यति नै चाडो निको हुने सम्भावना हुन्छ ।

न्युरो प्लास्टिसिटी बिग्रेको स्नायु प्रणालीलाई छलेर नया“ स्नायु मार्ग बनाई शरीरको अशक्तता कम गर्ने तथा पूर्ण रुपले मेटाउने प्रक्रियालाई न्युरोप्लास्टिसिटी भनिन्छ । फिजियोथेरापी ट्रेनिङअन्तर्गत दिमागमा विभिन्न मुभमेन्ट प्याटर्न तथा व्यायामले दिमागको असक्त भागमा नया“ स्नायु मार्ग बनाउछ । यसलाई हामी कर्टिकल म्यापिङ र रिराइटिङ पनि भन्ने गर्छौं ।  

थेरापिस्टले विभिन्न उपायद्वारा रोगको निदान गर्छन् । जसमध्ये बोबाथ, रुड्स, मोटर रि–लर्निङ, मिरर थेरापी र   भर्चुअल रियालिटी ट्रेनिङ केही विशेष हुन् । यी सबै ट्रेनिङ न्युरोप्लास्टिसिटीअन्तर्गत गर्ने गरिन्छ । न्युरो फिजियोथेरापिस्टको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु तथा मस्तिष्क र नसासम्बन्धी बिरामीलाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत गर्नु हो ।

डा. काफ्ले न्युरो फिजियोथेरापी विशेषज्ञ हुन् ।

उनि कम्युनिटी रिह्याबिलिटेसन प्राक्टिसनर, युनिभर्सल हेल्थ सर्भिसेसमा आबद्ध छन्।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top