सनराइजमा सञ्चालकबीच सहमति, सीईओमा पौडेल नै, बैंकलाई अझ बलियो बनाएर लैजाने निर्णय 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०८:२६:PM  
सनराइजमा सञ्चालकबीच सहमति, सीईओमा पौडेल नै, बैंकलाई अझ बलियो बनाएर लैजाने निर्णय 

काठमाडौं । सनराइज बैंकमा एक सातादेखि सञ्चालकहरुबीच देखिएको विवाद मिलेको छ । बिहीबार बसेको सञ्चालक समिति (बोर्ड) बैठकमा ७ जना सञ्चालकहरुले कुनै विवाद नरहेको निर्णय गर्दै बैंकलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेका छन् । 

एक साताअघि शैलेन्द्र गुरागाँईं, मालचन्द्र दुगड, बच्चाराज तातड र ओमकृष्ण जोशी समुहले बैंकका अध्यक्ष मोतीलाल दुगड र सीईओ जनकराज शर्माको राजीनामा मागेसँगै बैंकमा विवाद देखिएको थियो । सञ्चालकहरुबीचको विवादका कारण चेपुवामा सीईओ पौडेलसमेत परेका थिए । 

सञ्चालकहरुबीचको विवादले बैंक जोखिममा पर्ने सक्ने भन्दै नियमन निकाय नेपाल राष्ट्र बैंकले आइतबार सञ्चालकहरुलाई राष्ट्र बैंकमा बोलाएर छलफलसमेत गरेको थियो । सञ्चालकहरुको विवाद मिलाएर सहमति गर्न राष्ट्र बैंकले सनराइजका सञ्चालकहरुलाई निर्देशनसमेत दिएको थियो । 

एक सञ्चालकले बैंकमा कुनै विवाद नभएको र सामान्य विषयमा बाहिर हल्ला मात्र आएकाले विवाद भएजस्तो देखिएको बताए । ‘बोर्ड र व्यवस्थापन मिलेर बैंकलाई अझ बलियो बनाएर लैजाने ७ जनाबीच नै सहमती भएको छ,’  उनले भने । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top