शिवम् सिमेन्ट बन्यो ऋणमुक्त, सेयरधनीले पाउने लाभांश बढ्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २६, शुक्रबार,११:०७:AM  
शिवम् सिमेन्ट बन्यो ऋणमुक्त, सेयरधनीले पाउने लाभांश बढ्ने 

काठमाडौं । सर्वसाधारणको समेत लगानी रहेको शिवम् सिमेन्ट लिमिटेड ऋण मुक्त भएको छ । शिवमले सिमेन्ट कारखाना स्थापना गर्न लिएको सबै कर्जा चुक्ता गरेको छ ।

उद्योग ऋणमुक्त भएकाले लगानीकर्ताले पाउने लाभांश बढ्ने छ । यस्तै आम्दानीबाट थप लगानी विस्तार गर्न उद्योगलाई बाटो खुलेको छ ।

शिवमले नेपाल बैंकको अगुवाइमा नबिल बैंक, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ७ अर्ब रुपैयाँ ऋण लिएको थियो। सञ्चानमा आएको ७ वर्षको अवधिमा सबै ऋण चुक्ता गरेको शिवमका सञ्चालक शिवरतन साराडाले बताए ।

शिवमको लगानी चिनियाँ कम्पनी होङसी शिवम् सिमेन्ट पनि छ । होङसी मा शिवमको ३० प्रतिशत लगानी छ । होङसीले ऋण चुक्ता गरेपछि शिवमको आम्दानी बढ्ने र सेयरधनीले बढी प्रतिफल पाउने छन । 

बजारमा धेरै कम्पनी आएपछि कडा प्रतिस्पर्धाले गर्दा नाफामा केही असर परेको  छ । यस्तै कोरोना महामारीले यो वर्ष र आगामी वर्ष आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ ।

गत आर्थिक वर्षमा  शिवमले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा  गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । दोस्रो बजारमा सेयर मूल्य ७४४ रुपैयाँ छ । यस्तै बजार पूँजीकरण बढेर ३२ अर्ब ७३ करोड ६० लाख रुपैयाँ छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top