सेयर बजारबाट धेरै कमाउनेमा रिलायन्स लाइफका लगानीकर्ता, यस्तो छ कारण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २८, आइतबार ,०५:५८:PM  
सेयर बजारबाट धेरै कमाउनेमा रिलायन्स लाइफका लगानीकर्ता, यस्तो छ कारण

काठमाडौं । सेयर बजारबाट आइतबार सबैभन्दा बढी कमाउनेमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ता भएका छन । आइतबार रिलायन्स लाइफको सेयर ९.९८ प्रतिशत अर्थात ४१ रुपैयाँ बढेर प्रतिसेयर ४५२ रुपैयाँ पगेको छ ।

गत साता मंगलबारदेखि कारोबार सुरु भएको रिलायन्सको सेयर मूल्य निरन्तर बढी रहेको छ । रिलायन्सको खरिदको चाप भएपनि बिक्री गर्नेको संख्या ज्यादै न्युन छ । सेयर मूल्य अझै बढ्ने आशामा लगानीकर्ताले रिलायन्सको सेयर होल्ड गर्दै आएका छन ।   

मंगलबार नै रिलायन्स लाइफको प्रतिकित्ता ३२२ रुपैयाँमा पहिलो कारोबार भएको थियो । आजको दिनसम्म रिलायन्सका लगानीकर्ताले ३५२ प्रतिशत कमाइसकेका छन । सेयर मूल्य बढ्ने क्रम जारी छ । रिलायन्सले आगामी दिनमा आकर्षक प्रतिफल दिने अनुमान लगानीकर्ताले गरेका छन । 

रिलायन्स लाइफको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्दै आएको छ । कम्पनीको कारोबार खुलेको दोस्रो दिन नै सेयर मूल्यमा सर्किट लागेको हो ।

यस्तै आइतबार  एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा बढी कमाएका छन ।   यी सबैको सेयर मूल्य १० प्रतिशत हारहारीमा बढेको छ ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top