केटीएम ड्यूक २०० बीएस सिक्स र ड्यूक २५० भाेलि सार्वजनिक हुँदै, यस्ताे छ मूल्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २८, आइतबार ,०८:०९:PM  
केटीएम ड्यूक २०० बीएस सिक्स र ड्यूक २५० भाेलि सार्वजनिक हुँदै, यस्ताे छ मूल्य

काठमाडौं । नेपाली बजारमा ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक हुने भएकाे छ । केटीएमले साेमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हाे । ड्यूक २०० बीएस ६ र ड्यूक २५० दुबै मोडल बीएस ६ इन्जिन सहित नेपाली बजारमा भित्र्याएकाे हाे । याे सँगै नेपालमा बीएस सिक्स मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी बनेकाे छ ।

ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएकाे छ जसले २९.६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स रहेको याे बाइक नयाँ फिचर सहित नेपाली बजारमा प्रवेश पाएकाे छ ।

No description available.

ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन युक्त छ जसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९‍.३ एनएमको टर्क जेनेरेट गर्छ । फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क यी बाइकाे मुख्य बिशेषता रहेका छन् । मूल्य कम्पनिका अनुसार बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार ताेकिएकाे छ भने २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेकाे छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top