सेयरधितो कर्जा लिन एनआईसी एशिया बैंकले बोलायो, न्युनतम ब्याजमा १५ करोडसम्म दिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०९:३३:AM  
सेयरधितो कर्जा लिन एनआईसी एशिया बैंकले बोलायो, न्युनतम ब्याजमा १५ करोडसम्म दिने 

काठमाडौं । एनआईसी एशिया बैंकले  न्यून ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशत सेयरधितो कर्जा दिने योजना सार्वजनिक गरेको छ ।

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको सेयर धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

न्यूनतम १ करोडदेखि अधिकतम १५ करोड रुपैयाँसम्म सेयरधितो कर्जा  प्रवाह गर्ने बैंकले जनाएको छ । यसअन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको बैंकले जानकारी दिएको छ । कागजात प्राप्त भएको ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ । 

बैंकले हाल मुलुकभरका ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर  ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेका छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top