बजार खुलेसँगै सामान्यतर्फ फर्कदै मानिसहरुको दैनिकी(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,११:१२:AM  
बजार खुलेसँगै सामान्यतर्फ फर्कदै मानिसहरुको दैनिकी(फोटो फिचर)

काठमाडौं । असन बजार देशकै  ठूलो र पुरानो बजार हो । जहाँ दैनिक रुपमा हजारौँ मानिसहरुको आवगमन भई रहने गर्दछन् । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको र यसले नेपालमा पारेको असरका कारण असन बजार पनि निकै प्रभावित भएको थियो ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउन र पछिल्लो समय उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण असन बजार पूर्ण रुपमा ठप्प नै रहेको थियो । 

तर, अहिले निषेधाज्ञा खुकुलो गरिएसँगै सो क्षेत्रमा व्यापार व्यवसाय गर्ने मानिसहरु पुरानै दैनिकीमा फर्किएका छन् । असन क्षेत्रमा विहानको ९ बजे सम्म फुटपाथ पसल संचालन गर्नेहरु तरकारी देखि लत्ताकपडा व्यापार गरिरहेका हुन्छन् । 

कोभिड १९ को संक्रमण जोखिम कायमै भएतापनि मानिसहरु दैनिक गुजाराका लागि सो क्षेत्रमा फुटपाथ पसल संचालन गर्ने गर्दछन् ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top