‘जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्नू’—सर्वोच्च अदालत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०५:४४:PM  
‘जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्नू’—सर्वोच्च अदालत

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति  लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर, भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।

जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णयसँगै कृषियोग्य जमिन खण्डीकरण हुने भन्दै चौतर्फी विरोध भएको थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top